+
+

नेपालको वनस्पतिलाई मानव हितमा लगाउँछु : वनमन्त्री बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २९ गते १५:००
फाइल फोटो

२९ चैत, काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नेपालका वनस्पतिलाई मानव जीवनका लागि उपयोग गर्ने बारेमा आफूले प्रयास गर्ने बताएका छन् ।

वनस्पति विभागको ५८ औं वाषिर्क उत्सव तथा १९ औं वनस्पति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले वनस्पतिको उपयोगबाट नेपालले विश्वलाई नै योगदान गर्न सक्ने दावी गरे ।

वनस्पति र जडिबुटीमा नेपाल धेरै धनी रहे पनि त्यसको सदुपयोग गर्न नसकिएको भन्दै मन्त्री बस्नेतले वर्तमान सरकार संरक्षण र उपयोगको सन्तुलनकारी विधिमार्फत वनस्पतिलाई मानव हितमा लगाउन प्रतिवद्ध रहेको बताए ।

‘वनस्पतिलाई जीवनका लागि उपयोग गर्ने बारेमा प्रयास र प्रयत्न बढाउनुपर्छ’, उनले भने ‘हाम्रो वनस्पतिबाट नेपाल र नेपालीका लागि मात्र होइन, विश्व समुदायलाई केही न केही योगदान गर्न सकिन्छ ।’

त्यसका लागि आवश्यक नीतिगत, कानूनी र संरचनागत सुधार गर्ने पनि मन्त्री बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?