+
+

४७ लाख पर्ने डुकाटीको नयाँ बाइक नेपाली बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ११ गते १६:१५


११ वैशाख, काठमाडौं। ४७ लाख रुपैयाँ मूल्यको डुकाटी पानीगेल भि फोर बाइक नेपाली बजारमा भित्रिएको छ।

डुकाटी वाइकको अधिकृत विक्रेता टर्वो मोटर्सले यो बाइकको बिक्री थालेको हो। भारतमा नअाउँदै नेपालमा बिक्री सुरु भएको कम्पनीले जनाएको छ ।मोटो जिपीमा प्रयोग गरिँदै आएको भि फोर सिलीन्डर इन्जिन जडान गरिएको बाइकमा छ वटा गियर छ।

११ सय सीसीको इटालियन वाइकको शुक्रबार युवा उद्यमी राजेशवीर तुलाधरले बिक्री शुभारम्भ गरे।उनी डुकाटी वाइक प्रयोगकर्ता समेत हुन्।

१६ लिटर पेट्रोल यो वाइकमा ड्राइ वेट एक सय ७५ किलो छ। कर्भ वेट एक सय ९८ किलो छ। डबल सीट भएको बाइकको हाइट ५७.८ इन्च रहेको छ।

वाइकमा दुई सय १४ हर्ष पावर र १३ हजार आरपिएम छ भने १२४.० एनएम (न्युटन मिटर) र एक हजार आरपिएमकोको टर्क छ। बाइकले गति लिइरहँदा गियर चेन्ज गर्दा क्लज थिच्न नपर्ने हुनाले हाइवेको जस्तोसुकै घुम्तीमा मोड्न सहज हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?