+
+

साउनमा महासमिति बैठक बोलाउने कांग्रेसको तयारी

केन्द्रीय समितिमा महामन्त्री कोइरालाले लिखित राजनीतिक प्रतिवेदन पेश गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १५ गते ९:०८


१५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले आगामी जेठमा जिल्ला सभापतिहरुको भेला र साउनमा महासमिति बैठक आयोजना गर्ने तयारी गरेको छ ।

चुनावी समीक्षा र आगामी रणनीति बनाउन जारी बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले अविलम्ब महासमिति बैठक बोलाउन नेतृत्वलाई दबाव दिँदै आएका छन् ।

गत चैत ९ गतेदेखि जारी केन्द्रीय समिति बैठकमा शनिबार महामन्त्री शशांक कोइरालाले लिखित राजनीतिक प्रतिवेदन पेश गर्दैछन् । सो प्रतिवेदनमा आगामी जेठमा जिल्ला सभापतिहरुको भेला र साउनमा महासमिति बैठक बोलाउने उल्लेख छ ।

सभापति शेरबहादुर देउवाले महासमिति बैठक असोज वा कात्तिकतिर गर्ने तयारीमा थिए । तर, रामचन्द्र पौडेल समूहले त्यसको विरोध गर्दै जतिसक्यो छिटो महासमिति बैठक बोलाउन माग गरेको थियो । जारी केन्द्रीय समिति बैठकमा पनि छिटो महासमिति बैठक बोलाउनुपर्ने धेरैको राय थियो ।

त्यसैले महामन्त्री कोइरालाले साउनमा महासमिति बैठक बस्ने प्रस्ताव तयार पारेका हुन् । शीर्ष नेताहरु बसेर तयार पारिएको प्रारम्भिक खाकालाई महामन्त्री कोइरालाले अन्तिम रुप दिएका थिए । महामन्त्री कोइरालाको प्रतिवेदनलाई केन्द्रीय समिति बैठकमा छलफल र सुझावसहित पारित गर्ने तयारी छ ।

महामन्त्री कोइरालाको प्रतिवेदनमा केन्द्रीय समितिमा हालसम्म उठेका विषय, चुनावको समीक्षा र आगामी कार्यक्रम समेटिएको छ । तर निर्वाचनमा हारको स्पष्ट कारण भने नखुलाइएको स्रोतले बतायो ।

त्यसपछि शेरबहादुर देउवाले हालसम्म उठेका प्रश्नको जवाफ दिएपछि बैठक समापन गर्ने तयारी छ । तर आजैको बैठकमा पदाधिकारीको प्रस्ताव भने नआउने स्रोतले बतायो । त्यसका लागि केही दिनपछि अर्को बैठक बोलाउने देउवाको तयारी छ ।

विधानअनुसार महाधिवेशन भएको दुई महिनाभित्र रिक्त पदाधिकारी मनोनित गरिसक्नु पर्ने भए पनि हालसम्म चयन हुन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?