१६ वैशाख, काठमाडौं । प्रभु बैंकले सिरहाको बरियारपट्टी गाउँपालिकामा १ र कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकामा १ गरी २ वटा शाखा कार्यालय आजदेखि सञ्चालनमा ल्याएको छ ।
सिरहाको बरियारपट्टी गाउँपालिका वडा नं.३ स्थित बैंकको बरियारपट्टी शाखा बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार महतोबाट एक समारोहकाबीच उद्घाटन भएको हो ।
त्यसैगरी कपिलबस्तु जिल्ला विजयनगर गाउँपालिका वडा नं.६ स्थित विजयनगर शाखा बिजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापा मगरबाट उद्घाटन भएको हो ।
शाखा कार्यालय उद्घाटन कार्यक्रममा सम्बन्धित जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायतको उपस्थिति रहेको थियो ।