+
+

भारतीय प्रधानमन्त्री मोदी पटनाबाट सीधै जनकपुर आउने

प्रधानमन्त्री ओलीले स्वागत गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १८ गते २०:१०

१८ वैशाख, जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका क्रममा काठमाडौं नभई जनकपुरमा उत्रने भएका छन् । त्यहाँ उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने तयारी छ ।

मोदी दुईदिने भ्रमणका लागि २८ गते नेपाल आउने कार्यक्रम छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’का अनुसार भारतीय प्रधानमन्त्री मोदी पटनाबाट हेलिकोप्टर चढेर सीधै जनकपुर आउनेछन् र त्यहाँ जानकी मन्दिरमा पूजा गर्नेछन् ।

साथै बाह्रविघामा नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि मोदी काठमाडौं आउनेछन् र मुक्तिनाथको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

‘पटनातिरबाट सीधै जनकपुर आउनुहुन्छ र काठमाडौं हुँदै मुक्तिनाथ जानुहुन्छ,’ मंगलबार जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री थापाले भने, ‘भारतीय प्रधानमन्त्री जनकपुर आउने र मुक्तिनाथ जाने देशका लागि गौरवको विषय हो । उहाँको सम्मानमा जेजे सकिन्छ, त्यो तयारी गर्छौं ।’

भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका लागि आवश्यक तयारी तीव्र बनाउन निर्देशन दिइएको उनले बताए ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?