+
+

नरेन्द्र मोदीले फेरि पनि वाराणसीबाट चुनाव लड्ने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २० गते १६:५८

२० फागुन, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले फेरि पनि उत्तरप्रदेशको वाराणसी निर्वाचन क्षेत्रबाट लोक सभा चुनाव लड्ने भएका छन् । ५४३ सदस्यीय लोक सभा सदस्य चयनक लागि भारतमा यो वर्ष चुनाव हुँदै छ ।

भारतीय जनता पार्टी बीजेपीले शनिबार १९५ सिटका उम्मेदवार सार्वजनिक गर्दै मोदीले वाराणसीबाट चुनाव लड्ने घोषणा गरेको हो ।

मोदीले यसअघि सन् २०१४ र २०१९ को लोक सभा चुनाव पनि वाराणसीबाटै जितेका थिए । उनीअघि यो क्षेत्रबाट बीजेपी नेता मुरली मनोहर जोशीले चुनाव जित्दै आएका थिए ।

सन् २०१४ मा पहिलो पल्ट लोक सभा चुनाव लडेका मोदीले त्यतिबेला आम आद्मी पार्टीका अध्यक्ष अरविन्द केजरीवाललाई हराएका थिए । सन् २०१४ मा ५६.३६ प्रतिशत मत पाएका मोदीले सन् २०१९ मा ६३.६२ प्रतिशत मत पाएका थिए ।

सन् २०१९ मा यहाँ कांग्रेस आई र समाजवादी पार्टी पनि मोदीसँग चुनाव लडेका थिए । तर यसपालिको चुनावमा समाजवादी पार्टीले वाराणसी निर्वाचन क्षेत्रमा कांग्रेस आईका उम्मेदवारलाई समर्थन गर्ने सहमति गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?