+
+

भद्रपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १८ गते १७:२६

१८ वैशाख, झापा । झापाको भद्रपुर-१, हिमाली चोकमा केरेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५२ वर्षीय बालकुमार तामाङ छन् ।

स्थानिय किच्चकबध सहकारी संस्थाले खोलेको किच्चकबध दुध डेरीमा दुध बेच्न लगेका तामाङलाई टिलिङभ्याट (दुध चिस्याउने भाडा) को ढकन खोल्ने क्रममा अचानक करेन्ट लाग्दा उनी गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।

लगत्तै, उनलार्इ उपचारका लागि ओमसाई पाथीभरा अस्पताल, भद्रपुरमा लगिएको थियो । यद्यपि, उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।

थप अनुसन्धान भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?