+
+

अवैध कपडासहित दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २० गते १८:१९


२० वैशाख, वीरगञ्ज । प्रहरीले १ लाख मुल्य बराबरको अवैध कपडासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १६ बस्ने २५ वर्षीय सुकेशकुमार पटेल र सोही ठाउँ बस्ने २० वर्षीय दिलीपकुमार महतो रहेका छन् ।

भन्सार छलीको कपडा ल्याउँदै गरेको अवस्थामा पक्राउ परेका दुवै जनालाई बिहीबार कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उनीहरुलाई बुधबार राती वीरगञ्ज महानगरपालिका १६ इनर्वाबाट पक्राउ गरिएको पर्साका प्रवक्ता डिएसपी राजन लिम्बुले बताए ।

‘गस्ती टोली इनर्वा पुग्दा उनीहरु टाउकोमा बोरा बोकेर रक्सौलबाट वीरगञ्ज आउँदै थिए । सोधपुछ गर्दा बोरामा कपडा थियो तर प्रज्ञापनपत्र थिएन’ उनले भने ‘त्यसपछि उनीहरुलाई कपडासहित नियन्त्रणमा ल्याएर अनुसन्धान शुरु गर्‍यौं र आज भन्सार चलान गरेका छौं ।’

उनीहरुको साथबाट कुर्ता सलवार ६० थान र सुटिङ कपडा १० थान (१०६ मिटर) बरामद भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?