Comments Add Comment

शरीरका रहस्यमयी कुराः जसबारे हरेक व्यक्ति जान्न चाहन्छ ?

मानिसको शरीर अचम्मको हुन्छ । यसको संरचना पनि अचम्मलाग्दो हुन्छ । त्यसैले त, मानव शरीरलाई लिएर बेलाबेलामा अध्ययन अनुसन्धानहरू भइरहेका हुन्छन् । यही अध्ययनकै कारण अनुसन्धानकर्ताहरूले क्यान्सर तथा एड्सजस्ता गम्भीर रोगहरूको औषधी खोज्न सफल भएका छन् । यसका बाबजुद पनि मानिसका शरीरमा अझै पनि केही त्यस्ता कुरा छन्, जुन अझै पनि रहस्यमै सीमित छ ।

हामीलाई सपना किन आउँछ ? फिंगर पि्रन्ट किन हुन्छ ? व्लड गु्रप (रक्तसमूह) व्यक्ति अनुसार फरक किन हुन्छ ? यी यस्ता अनुत्तरित प्रश्नहरू हुन्, जसको उत्तर आउन अझै बाँकी छ । वैज्ञानिकहरू अहिले पनि यी यावत् विषयहरूलाई लिएर अनुसन्धानमा जुटिरहेका छन्, जसबारे बेला बेलामा चर्चा-परिचर्चा भइरहने गर्छ ।

आखिर, कुन कुन हुन्, त्यस्ता रहस्यमयी कुरा जसबारे हरेक व्यक्ति जान्न चाहन्छन् ?

फिंगर प्रिन्ट ?

अनुहार तथा रङ्ग बाहेक पनि हाम्रो शरीरमा त्यस्तो एउटा कुरा छ- ‘फिंगर पि्रन्ट’ । जसले हाम्रो शरीरको पहिचान कायम गर्छ । तर तपाईले कहिल्यै सोच्नुभएको छ,  हाम्रो औलामा फिंगर पि्रन्ट किन हुन्छ ? किन, यो औलाकै माथिल्लो भागमा हुन्छ ? किन यो, अन्यसित मेल खाँदैन ? यस विषयमा आधारित रहेर वैज्ञानिकले अनुसन्धान नगरेका पनि होइनन् । उक्त अनुसन्धानमार्फत फिंगर प्रिन्टले हातको पडक मजबुत बनाउँछ भनेर नतिजा प्रकाशित नगरेका पनि होइनन् । यस सम्बन्धी गरिएका नयाँ अनुसन्धानहरूले हातको पकड बलियो बनाउन फिंगर प्रिन्टको खासै काम छैन भनिसकेको अवस्थामा पहिले गरिएको अध्ययन पुरानो भइसकेको छ । हालै भएका नयाँ अध्ययनहरूले भने फिंगर प्रिन्टले सुरक्षा प्रदान गर्नुका साथै हाम्रो टच सेन्सेटिभिटीलाई समेत कायम राख्छ भनिएको छ । यसबाट पनि फिंगर प्रिन्टसम्बन्धी रहस्य उजागर हुन सकेको छैन ।

किन हुन्छ, एपेन्डिक्स ?

शरीरमा हुने विभिन्न समस्यामध्ये एपेन्डिक्स पनि एक हो । एपेन्डिक्सको शल्यक्रिया पश्चात् यसले शरीरमा खासै असर पर्दैन । एपेन्डिक्स हेर्नमा जति सरल देखिन्छ, यो उत्ति नै जटिल पनि छ । पहिले पहिले खाना पचाउनको लागि एपेन्डिक्सको जरुरत पर्छ भन्ने गरिन्थ्यो । अहिले यसको खासै उपयोगिता देखिँदैन भन्न थालियो । तर हालै मात्र अनुसन्धानकर्ताहरूले के भनिरहेका छन् भने ट्यूवको आकारमा हुने यस्ता अंगहरूले राम्रो ब्याक्टेरियालाई स्थान दिन मद्दत गर्छ, यसको सुरक्षा गर्छ ।

हामी दुवै हातले एक समान तरिकाले किन काम गर्न सक्दैनौँ, किन ?

हामीमध्ये धेरैजसो मानिस दायाँ हातको बढी प्रयोग गर्छौं । जब कि केही भने बायाँ हातको प्रयोग बढी गर्छन् । तर जब हामी आˆनो हातलाई लिएर सोच्न थाल्छौं , तब लाग्छ, हाम्रो एउटा हात अर्को हातको तुलनामा बढी सक्रिय किन हुन्छ । आखिर, हामी दुवै हातले एक समान तरिकाले किन काम गर्न सक्दैनौँ ? यस प्रश्नको उत्तर कुनै दिन आउला तर आजसम्म भने पाइएको छैन ।

हाइ किन आउँछ ?

यस्ता विभिन्न अनुत्तरित प्रश्नहरूमध्ये हाइ पनि एक हो । हाइ यस्तो चीज हो, जुन हामी गर्भमा रहँदैदेखि सिकिरहेका हुन्छौँ । हुन त वैज्ञानिकहरूलाई पनि यसको निश्चित कारण थाहा छैन । यद्यपि केही अध्ययनहरूले जनाए अनुसार मस्तिष्कको तापक्रम नियन्त्रण गर्नका लागि हामी हाई काड्ने गर्छौं । जब हामीलाई निद्रा लाग्छ, वा बोर हुन्छौँ, तब यसले मस्तिष्कको तापक्रम अनियन्त्रित हुने गर्छ ।

ब्लड ग्रुप मानिसपिच्छे फरक किन हुन्छ ?

वैज्ञानिकहरूका अनुसार फरक फरक व्लड गु्रपको रोगको संक्रमणसित लड्ने क्षमता पनि फरक-फरक हुन्छ । त्यसबाहेक पनि केही संक्रमणका विरुद्ध केही व्लड गु्रपका लागि प्राकृतिक चयनका साथमा भएको संयुक्त विकासले रगतको प्रकारमा अनौठो विविधता उत्पन्न गराएको छ । यद्यपि यसको निश्चित कारण भने अहिलेसम्म पत्ता लगाउन सकिएको छैन ।

किन देखिन्छ सपना ?

हुन त मानिस आˆनो जीवनको एक तिहाइ समय सुत्नमा विताउँछ ।यद्यपि सुत्दा मानिसले सपना किन देख्छन् भन्ने कुरा अझै पनि रहस्यमै छ । सपना देख्ने भनेको निदाएपछि हो । सपना देख्दा मुटु बेस्सरी धड्किने गर्छ । यस्तो किन हुन्छ त भन्ने कुरा भने अझै प्रस्ट हुन सकेको छैन । केही वैज्ञानिकहरूका अनुसार सुत्दा हाम्रो मस्तिष्कको सक्रिय भाग केही समयका लागि निष्क्रिय हुने गर्छ । त्यतिबेलामा हाम्रो मस्तिष्कको अवचेतन भाग व्युँतिने गर्छ, जसका कारण हामी सपना देख्छौँ ।

शरीरमा कसरी भाइरस छिर्छ ?

मानव शरीरको संरचना निकै जटिल प्रक्रियाद्धारा निर्माण भएको हुन्छ । जटिल तरिकाले बनेको हाम्रो शरीरमा यस्ता थुप्रै सूक्ष्म जीव हुन्छन्, जसले पाचन प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्छन् । त्यसैगरी यिनीहरूले घाउचोट ठीक गर्नुका साथै रोगसित लड्न पनि सहयोग गर्छ । त्यसबाहेक,पनि मानव शरीरमा यस्ता धेरै भाइरस छन्, जसबारे हामी अझै पनि अनविज्ञ छौँ ।

किन हुन्छ हाँसो संक्रामक ?

वैज्ञानिकहरूका अनुसार शक्तिशाली भावनाले विभिन्न व्यक्तिहरूको मस्तिष्कको गतिविधिलाई एकसाथ जोड्ने गर्छ । यतिमात्र होइन, हालै गरिएका नयाँ अध्ययनहरूबाट के समेत आएको छ भने हाँसो मानिसको सामाजिक जीवनसित सम्बन्धित हुन्छ, र सामाजिक परिस्थितिका कारण मानिसहरूमा हाँस्ने सम्भावना ३० गुणा बढी हुन्छ । त्यसबाहेक अर्को अध्ययनले के समेत भनेको छ भने मासिनहरू सहानुभूति चाहने जीव भएका कारण हाँसो संक्रामक हुने गर्छ । विशेषगरी, हामी हास्छौँ, तब हाम्रो मस्तिष्कले एंडोफिन नामक केमिकल्स निकाल्ने गर्दछ । यो केमिकल्स निस्किएको हामीलाई सजिलै महसुस हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment