+
+

लागू औषध चरेससहित बावु–छोरा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ ९ गते ११:५१

९ जेठ, कैलाली । कैलालीमा चरेससहित दुई जना पक्राउ परेका छन् । क्षेत्रीय अनुसन्धान समूह ७ नम्बर प्रदेश (आरआईटी) को टोलीले बुधबार विहान आलुको बोराभित्र लुकाइ छिपाइ राखेको अवस्थामा लागू औषध चरेससहित बुवाछोरालाई पक्राउ गरेको हो ।

प्रहरीले कैलालीको गोदावरी नगरपालिका–१ बाट बाजुरा छेडेदह गाउपालिका–३ घर भएका ५० वर्षीय नौले बुढा र उनका छोरा २९ वर्षीय छोरा छत्र बुढालाई ६ केजी लागू चरेस सहित पक्राउ गरेको हो ।

७ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शरद चन्दले पक्राउ परेका बावु–छोरालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाइएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?