काठमाडौं । क्रोएसियाका प्रशिक्षक लाट्को डालिसले अर्जेन्टिनालाई ‘सहज’ प्रतिद्वन्द्वी भनेका छन् ।
समूह डीमा रहेको क्रोएसियाले बिहीबार अर्जेन्टिनासँग खेल्दैछ । पहिलो खेलमा आइसल्याण्डसँग १–१ को बराबरी खेलेको अर्जेन्टिनालाई यो खेल जित्नै पर्ने दबाव छ । क्रोएसियाले भने पहिलो खेलमा नाइजेरियालाई हराएको थियो ।
सन् १९९८ मा पहिलो सहभागितामै तेस्रो भएको क्रोएसिया त्यसयता तीन पटक समूह चरणबाटै बाहिरिएको छ । ठूला क्लबका खेलाडीहरुको बर्चश्व रहेको क्रोएसिया टिमलाई यो श्विकपमा सरप्राइज प्याकेजका रुपमा लिइएको छ ।
प्रशिक्षक डालिसले भने, अर्जेन्टिनाविरुद्धको खेल हाम्रा लागि विश्वकपकै सहज खेल हो । किनकी हामीसँग तीन अंक छ र हामी ठूलो टिमविरुद्ध खेल्दैछौं ।’
‘यो खेलमा हामीले गुमाउने केही छैन । मैले खेलाडीहरुलाई भनेको छु, खेलको मज्जा लिनू ।’
उनले अर्जेन्टिनाविरुद्ध जित्न राम्रो खेल्नुका साथै भाग्यले पनि साथ दिनु पर्ने प्रशिक्षक डालिसको तर्क छ ।
उनले भने, ‘हामीले आफ्नो क्षमता खेलाउनुपर्छ र यो पुस्ताको यो वास्तविक परीक्षा पनि हो ।’
अर्जेन्टिनाका डिमफिल्डर इभान र्याकिटिक अर्जेन्टिनाका कप्तान मेस्सी विश्वको उत्कृष्ट फुटबलर भएको मान्छन् । ‘तर, मेस्सीबारे थाहा पाउन बाँकी केही छैन । उनका हरेक कुरा थाहा छ’ बार्सिलोनामा मेस्सीका टिममेट समेत रहेका उनले भने, ‘विश्वकै उकृष्ट खेलाडी हुन् र उनलाई रोक्न असम्भव जस्तै छ ।’