+
+

सुशील कोइराला क्यान्सर अस्पतालमा ओपीडी सेवा सुरु

अनलाइनखबर अनलाइनखबर
२०७५ असार ११ गते ९:२६


११ असार, नेपालगञ्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले सोमबारबाट ओपीडी सेवा सुरु गरेको छ । सरकारबाट १०० श्ययाको मान्यता पाएको अस्पतालले पहिलो चरणअन्तर्गत ५९ श्ययाबाट आफ्नो सेवा सुरु गरेको हो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष किस्मतकुमार कक्षपतिका अनुसार ओपीडी सेवा सञ्चालनका लागि अस्पताल व्यवस्थापन समितिले चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको व्यवस्थापन र सबैखाले उपकरण जडान गरिसकेको छ ।

अस्पताल निर्माणमा ३५ करोड खर्च भइसकेको छ । चालू आर्थिक वर्षका लागि सरकारले थप १८ करोड बजेट छुट्याएको छ ।

यो अस्पतालको सेवाबाट ५ नम्बर प्रदेश, ७ नम्बर प्रदेश र कर्णाली प्रदेशका नागरिकलाई स्वास्थ्य सेवामा सहज हुने अनुमान गरिएको छ ।

पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसभापति सुशील कोइरालाको क्यान्सरकै कारण निधन भएको थियो । त्यसैले उनकै नामबाट कोइरालाको गृहजिल्ला बाँकेमा क्यान्सर अस्पताल खोलिएको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा. विश्वराम पौडेलसहितको टोली छ । दुई जना अंको सर्जन, दुई मेडिकल अफिसर, नर्सिङ इन्चार्ज, आठ जना स्टाफ नर्ससहित २७ जनाको दरबन्दी लोकसेवा आयोगबाट पूर्ति गरेको क्यान्सर अस्पतालले थप ११ जना कर्मचारी ‘आउट सोर्सिङ’बाट भर्ना गरेको जनाएको छ ।

अस्पतालमा ल्याब, एक्सरे मेसिन, अत्याधिक अपरेशन थियटर, एम्बुलेन्सलगायतका सेवा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?