+
+

महाकालीको भारतीय तटबन्धले नेपाली भुभाग जोखिममा

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १३ गते १३:५३
नेपालका तर्फबाट निर्माण गरिएको तारजाली तटबन्ध ।

१३ असार, दार्चुला । दार्चुलाका नदी किनारका बस्ती तारजाली तटबन्धको भरमा रहेका छन् । महाकाली नदी किनारका दर्जनौ बस्तीहरु तारजाली तटबन्धको भरमा टिकिरहेका छन् ।

०७० सालमा आएको महाकाली बाढीले दार्चुलामा नदी किनारका बस्तीहरुमा ठूलो क्षती गरेपछि सदरमुकाम खलंगा क्षेत्रमा पक्की तटबन्ध निर्माण गर्न लागिएको छ । तर, सदरमुकाम भन्दा तल्लो क्षेत्रका बस्तीहरु भने अझै तारजाली तटबन्धको भरमा टिकेका छन् ।

वर्षातको बेलामा महाकाली नदीको बहाव र बेगले कटान गर्ने पीरले नदी किनारका स्थानीयलाई निद्रा नै नलाग्ने मालिकार्जुन गाउँपालिका-७ जौलजीविका स्थानीय सीता चुनाराले दुखेसो पोखिन् ।

०७० सालको महाकाली बाढी पश्चात् महाकाली नगरपालिकाको नदी किनारका बस्तीहरु किम्तडी, धाप, दत्तु, काँकडा, असीगडा मालिकार्जु गाउँपालिकाको जौलजीवि, उकु लगायतका बस्तीका स्थानियहरु महाकालीको त्रासमा रहेका छन् ।

भारततिर पक्की तटबन्ध र नेपालतिरको कमाजोर खालको तारजाली तटबन्धले गर्दा झन् त्रासमा स्थानीयहरु छन् ।

महाकाली नदीको बेग भारततिर गएपनि भारततिर पक्की तटबन्धका कारण नदीको धार परिवर्तन भइ नेपालतिर बढी क्षेती हुने गरेको जौलजीविका अर्का स्थानीय आशा धामीले बताइन् ।

भारतको पक्की तटबन्धको सामना गर्ने नेपालतिर तारजालीको तटबन्ध निर्माण गरिपनि वर्षेनी नदीले बगाएर लग्ने गरेको छ ।

खलंगाबासीले महाकाली नदीको त्रास केही कम भएपनि तल्लो तटीय क्षेत्रका बासिन्दाहरुको त्रास जीवितै छ ।

महाकाली नदी नियन्त्रण आयोजनाले सदरमुकाम क्षेत्रमा तटबन्ध निर्माण गरेपश्चात् जौलजीविसम्म पक्की तटबन्ध निर्माण गर्ने जनाएको छ ।

पक्की तटबन्ध निर्माण नगरिदाँसम्म जौलजीविका स्थानीयहरुले ढुक्कले सुत्न पाउने अवस्था नरहेको स्थानीयहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?