+
+

रसुवा पहिरोमा ज्यान गुमाउने चारै जना सिन्धुपाल्चोकका

हराएका ५ जना अझै भेटिएनन्

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १० गते १०:५५


१० साउन, काठमाडौं । गोसाइँकुण्ड गाउँपालिकाको टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट र त्यस वरपर सञ्चालनमा रहेका होटल तथा अस्थायी घर पहिरोले ज्यान गुमाउने चारै जना सिन्धुपाल्चाेकका भएकाे पुष्टि भएकाे छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेललका अनुसार भोटेकोशी गाउँपालिका–५ का अन्दाजी ४२ वर्षीय श्याम श्रेष्ठ, सोही ठाउँका २७ वर्षीय विक्रम श्रेष्ठ, सोही ठाउँकै ४५ वर्षीय मंगल तामाङ र सोही गाउँपालिकाका ४ का ३५ वर्षीय रमेश भनिने सुश खड्काकाे पहिराेमा पुरिएर ज्यान गएकाे हाे ।

५ जना अझै हराइरहेका छन् भने ४ जना घाइते भएका छन् । हराइरहेकाहरूकाे खोजीकार्य जारी रहेको र त्यसका लागि रसुवागढी हाइड्रोपावरका उपकरण तथा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

स्थानीयवासीका अनुसार करीब चार किमी माथिबाट आएको पहिरोले एक पक्की घर पुर्नुका साथै तीन वटा छाप्रा होटेल र साना ठूला चारवटा सवारीसाधन पूर्णरुपमा पुरिएकोे छ ।

अहिले स्याफ्रु रसुवागढी खण्डको राजमार्ग अवरुद्ध भएको छ ।

पहिरोका कारण विद्युत्, टेलिफोन सेवासमेत अवरुद्ध हुँदा भन्सारका कार्य रोकिएको प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?