+
+

सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने भन्दै उच्च अदालतमा रिट दायर

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १६ गते १६:३९

१६ साउन, बुटवल । कांग्रेसलेे सभामुख र उपसभामुख फरक-फरक दलको हुनुपर्ने माग गर्दै अदालतमा रिट दायर गरेको छ ।

प्रदेश ५ कि प्रदेशसभा सदस्य तथा कांग्रेस नेतृ रिना नेपाल विकले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा रिट दायर गरेकी हुन् । पटक-पटक संसदमा कुरा उठाएपनि सत्तापक्षले सुनाई नगरेपछि रिट दायर गरेको सांसद रिनाले बताइन् ।

रिटमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, सभामुख पूर्णबहादुर घर्ति, उपसभामुख कृष्णी थारु र प्रदेशसभा सचिबालयलाई बिपक्षी बनाइएको छ ।

कांग्रेस प्रदेश ५ का संसदीय दलका नेता बलदेव शर्माले प्रदेशसभामा पटक-पटक सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्ने माग गरेपनि सुनुवाई नभएपछि न्यायको खोजी गर्दै अदालत पुग्नु परेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?