Comments Add Comment

चितवनको माडीमा वहुप्राविधिक शिक्षालय खुल्ने

२८, साउन, चितवन । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सीटीईभीटीले चितवनको माडीमा वहुप्राविधिक शिक्षालय खोल्ने निर्णय गरेको छ ।

परिषद्को शिक्षा मन्त्रालयमा सोमबार बसेको बैठकले माडीमा दिवाकर बहुप्राबिधिक शिक्षालय सञ्चालन गर्ने निर्णय गरेकेा माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिए ।

परिषद्का अध्यक्ष शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको पहलमा शिक्षालय खोल्ने निर्णय भएको मेयर ढकालले बताए । शिक्षालयमा यसै बर्षबाट शैक्षिक कार्यक्रम संचालन हुने मेयर ढकालले जानकारी दिए ।

परिषद्को यो निर्णयबाट माडी र समग्र चितवन जिल्लाको शैक्षिक विकासका लागि कोशेढुंगा सावित हुने विश्वास नगरपालिकाले लिएको मेयर ढकालको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment