+
+
Shares

धरौटी बुझाउन नसकेपछि सीमान्त गुरुङ जेल चलान

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ३० गते १५:०९

३० साउन, काठमाडौं । ठगी आरोपमा पक्राउ परेका सीमान्त गुरुङ धरौटी बुझाउन नसक्दा कारागार चलान भएका छन् । जिल्ला अदालतले मागेको ४५ लाख रुपैयाँ धरौटी बुझाउन नसक्दा उनलाई नख्खु कारागारमा पठाएको हो ।

सलमान खानलाई नेपाल ल्याउने भन्दै सर्वसाधारणलाई ठगी गरेका ओडिसी इन्टरटेनमेन्टका गुरुङ २९ असारमा पक्राउ परेका थिए ।

गत साउन २४ गते जिल्ला अदालतले उनलाई धरौटीमा छोड्ने आदेश दिए पनि चेक बाउन्सको आरोपमा उनी पुन पक्राउ परेका थिए । उनलाई बुधबार नख्खु कारागार पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?