+
+

ह्वावेको नोभा थ्री र थ्रीआईको पहिलो लट एक हप्तामै सोल्ड आउट

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ११ गते १३:१९

११ भदौ, काठमाडौं । औपचारिक व्यापार सुरु गरेको केहि दिन भित्रै ह्वावेको नोभा थ्री तथा नोभा थ्री आईको स्टक सकिएको छ । ग्राहकहरुको माया र प्रतिक्रियाले ह्वावेको पछिल्लो समयमा बजारमा आएका स्मार्टफोनहरुलाई सफल फोनको रुपमा स्थापित गरिदिएको छ ।

नेपाली बजारमा उपलब्ध भएको एक हप्तामा नै ग्राहकहरुको यति राम्रो प्रतिक्रियाले निकै गौरवान्वित बनाएको कम्पनीले बताएको छ ।

नोभा थ्री आई खरिद गरेकी एक ग्राककले यो फोनको विशेषताहरु र भित्री बनावटकोले आफूलाई लोभ्याएको प्रतिक्रिया दिएकी छिन् । उनले भनिन्,’यो फोनको पछाडीको चिल्लो बनावट निकै नै आकर्षक छ र यसको २४ एमपी क्यामराले मेरो मन जितेको छ।’

उनले यो फोन अगि्रम बुकिङ गरेकी थिईन् र बिक्री सुरु भएको पहिलेा दिन मै बिना कुनै झन्झट प्राप्त गरिन् । उनी थप्छिन्,’अब अरु प्रतिक्रिया म फोन प्रयोग गर्न थाले पछि दिनेछु ।’

यसै गरी अर्का ग्राहक पनि फोनमा भएको विशेषताहरु पाएर निकै खुसी छन् । उनले,’भने कि म यो फोनमा भएका विशेषताहरु प्रति निकै नै खुसी छु, ह्वावेको नयाँनोभा फोन सायद पहिलो फोन हो जुन ४ जीबी र्‍याम र १२८ जीबी रोम जस्ता राम्रा विशेषता सहित सुपथ मूल्यमा उपलब्ध छ ।

नोभा थ्रीको बजार मूल्य ५९ हजार ९०० रुपैयाँ रहेको छ भनेर नोभा थ्री आईको मूल्य ३८ हजार ९०० रहेको छ । ह्वावेको नोभा सिरिजमा भएको २४ मेगापिक्सल क्यामराले सबैको मन जितेको छ ।

त्यस्तै अर्का ग्राहकले उनको साथीहरु निकै लामो समयदेखि ह्वावे फोन चलाउँदै आएको बताए । उनले भने,’मेरो साथीहरु केहि समयदेखि ह्वावेकै फोनहरु चलाइरहेका छन्, र उनीहरुको प्रतिक्रिया राम्रो छ। म पहिले आईफोन चलाउँथे र अहिले ह्वावे चलाउने भएकाले निकै उत्साहित भएको छु र म यो फोन बिना कुनै अवरोध चल्ने छ भन्ने मैले आशा लिएको छु। थप प्रतिक्रिया म केहि समयपछि दिनेछु।’

बजारमा उपलब्ध भएका विभिन्न रंगहरुमध्ये ग्राहकहरुले आइरिस पर्पललाई बढी मन पराएका छन्। यसको रंग नीलोबाट बैजनी हुन्छ । यस रंगलाई महसुस गर्न ह्वावेका दुवै स्मार्टफोनहरुमा सिसा राखिएको छ । उच्चतम मागको कारण यो रंग आउट अफ स्टक छ ।

यी फोनहरुले गत साता अगि्रम बुकिङ व्यापारको दिन २ हजार थान बिक्री गरि नयाँ रेकर्ड कायम गरेको थियो । पहिलो पटक ह्वावेले ग्राहकहरुले फोन किन्न लामवद्ध भएका प्रत्यक्ष अनुभव बटुल्यो । अगि्रमबुकिङ गरेका ग्राहकहरुले स्वतः नोभा थ्रीको पोर्टेबल पि्रन्टर तथा नोभा थ्री आईको पोर्टेबल स्पीकर जितेका थिए।

२४ एमपी क्वाड क्यामरा सेट-अप भएको फोनबाट फोटो खिच्न पाउँदा उनीहरुमा हाँसो छाएको थियो। दुवै स्मार्टफोनमा २४ एमपीको प्राइमरी क्यामरा तथा २ एमपीको सेकेण्डरी क्यामरासहित दुईवटा फ्रन्ट क्यामरा रहेका छन्।

यो विशेषताले अँध्यारो वा कम उज्यालो ठाउँमा राम्रो तस्वीहरहरू खिच्न मात्र होइन ती तस्वीरहरूमाथि अधिकतम नियन्त्रण पनि दिने गर्दछ । ह्वावेनोभा थ्री आईमा शक्तिशाली रियर क्यामराहरू पनि रहेको छ। रियर क्यामरामा १६ एमपीको प्राइमरी सेन्सर तथा २ एमपीको सेकेण्डरी सेन्सर पनि छ।

सेल्फी तस्वीरहरुलाई अझ राम्रो बनाउन नोभा थ्री तथा नोभा थ्री आई मा तस्वीरको प्रकार चिन्ने सिन रेकग्निसन प्रणालीजडान गरिएको छ। ह्वावेनोभा थ्री तथा ह्वावेनोभा थ्री आईमा उच्च क्षमताका क्यामराहरू जडान गरिनुका साथै एआई क्षमता भएको प्रणाली पनि जडित छ जसले सेल्फी खिच्ने मज्जालाई नै एउटा नयाँ उचाइँमा पुर्‍याउँछ।

सेल्फी खिच्ने क्रममा फ्रन्ट क्यामराले त्यसमा जडित आर्टिफिसिअल इन्टेलिजेन्सको प्रयोग गर्दछ र ब्लु स्काई, बिचू नाईटजस्ता ८ विभिन्न तस्वीर समूहहरुमा विभाजित समूहमा छुट्याउँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?