Comments Add Comment

क्यानडामा गुञ्जिए रामकृष्ण ढकाल

नेपाली संगीत छेत्रमा धेरै पहिला देखि सुनिदै र रुचाउँदै आएका लोकप्रिय गायक रामकृष्ण ढकाल हाल क्यानाडामा विभिन्न कार्यक्रममा आफ्नु प्रस्तुतिमा व्यस्त छन ।

धेरै पहिला देखि सुनिदै र रुचाउँदै आएका भएता पनि लोकप्रिय गायक रामकृष्ण ढकाल पहिलोपटक क्यानाडा पुगेका हुन। क्यानाडाको टोरन्टोमा हरेक वर्षको १ सेप्टेम्बरमा आयोजना हुने हिमालयन फेस्टिबलको १२ औं संस्करणमा आफ्नु प्रस्तुतिका लागि गायक रामकृष्ण ढकाल पहिलोपटक क्यानाडा पुगेका हुन।

आफ्नो प्रस्तुतिको सुरुवात उनले राष्ट्रिय गीत ‘विहान उठ्ने बित्तिकै’ बाट सुरु गरे । राष्ट्रिय पोशाकमा सजिएर यो गीत प्रस्तुत गर्दा दर्शक दिर्घामा भावुकता छाएको थियो भने केही दर्शकका अँखा रसाएको थियो । त्यसपछि गीतको मुडअनुसार दर्शकको भाव बदलिँदै गएको थियो । ५-६ हजार नेपालीहरुको सहभागीता रहको फेस्टिबलमा नेपाली कला, संस्कृति, भेषभुषा, खाना र सांगीतिक प्रस्तुति समेत प्रदर्शन गरिएको थियो ।

ओटोवामा पनि प्रस्तुति 

क्यानाडाको ओटावामा आयोजित “रामकृष्ण ढकाल साझ” भब्य साथ सम्पन्न भएको छ । सुसोस इनटरनेसनलद्वारा क्यानाडाको ओटावामा आयोजित “रामकृष्ण ढकाल साझ” मा समेत उनले आफ्नु प्रस्तुति दिएका छन ।

कार्यक्रममा क्यानाडास्थित नेपाली राजदूतावासका राजदुत काली प्रसाद पोखरेलको समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा ढकाले दुई दर्जनभन्दा बढि गीत गाए । ढकालले गाइरहँदा उपस्थित दर्शकले स्वरमा स्वर मिलाएर साथ दिएका थिए । कार्यक्रम तीन घन्टासम्म चलेको थियो ।

मुलतः हामी यहीँ दुई कार्यक्रमका लागि क्यानडा आएका थियौ तर यहाँ धेरै श्रोताहरुको मागले गर्दा पुर्ण केहि समय पछी आफ्नु प्रस्तुतिका लागि गायक रामकृष्ण ढकाल क्यानडा आउने गायक ढकालका मेनेजर इन्दिप कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment