२६ भदौ, काठमाडौं । बार्सिलोना, जिरोना र ला लिगाले अमेरिका खेल खेल्न स्पेनिस फुटबल महासंघसँग अनुमति मागेको छ ।
२६ जनवरीमा हुने यो जिरोनाको घरेलु मैदानमा हुनु पर्ने खेल हो । तर, यसलाई मयामीमा खेलाउन लागिएको छ ।
ला लिगा र अमेरिकी मिडिया रेलेभेन्टबीच ला लिगाका खेल अमेरिका खेलाउने १५ वर्षे सम्झौता भएको छ । खेलाडी संघले यसको विरोध गर्दै आएको छ ।
तर, ला लिगाले भने घरेलु समर्थकहरुलाई टिकट र आवासमा सहुलियत दिने प्रस्ताव पनि गरेको छ ।