Comments Add Comment

हुण्डाईले सार्वजनिक गर्‍यो नाडामा नयाँ ईलेक्ट्रिक कार

३१ भदौ, काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि हुण्डाईको नेपालका लागि आधिकारिक डिलरले आफ्नो नयाँ ईलेक्ट्रीक कार नाडा अटो शोमा सार्वजनिक गर्‍यो । हुण्डाई आयोनिक हुण्डाई नेपालको नयाँ इलेक्ट्रीक गाडीको सेग्मेन्टकै पहिलो गाडी हो ।

आयोनिकमामा २८ केडब्लु एच लिथियम आयोन पोलिमर ब्याट्रीमा कनेक्ट हुने ८८ केडब्लुएचको ईलेक्ट्रीक मोटर छ, जसले एक चोटि चार्ज गरे पछि २०० देखि २५० किलोमिटरको ड्राइभिङ दिन्छ ।

यसमा ११० भोल्ट आउटलेटमा सजिलै प्लग गर्न मिल्ने ओबीसी चार्जर हुन्छ । नयाँ कारमा प्याडल सिफ्ट गर्न मिल्ने सुविधा छ, जसले रिजेनेरेटिभ ब्रेकिङमा चार लेबलको नियन्त्र प्रदान गर्दछ । आयोनिकको साथ ग्राहकले अब ईलेक्ट्रीक गाडी किन्दा लुक्समा सम्झौता गर्नु पर्दैन ।

उच्च प्रभावकारिता र वातावरण मैत्री सवारी-साधन उत्पादन गर्ने आफ्नो प्रतिबद्धतालाई हृयूण्डाईले आयोनिक को साथ पूरा गर्दै उल्लेखनीय फड्को मारेको कम्पनी बताउँछ ।

‘हुण्डाई ग्राहकहरुको बारे सोच्ने ब्राण्ड हो र हामी हाम्रो भावी सन्ततीलाई फाइदा हुने दीर्घकालीन परिवर्तन ल्याउन सफा मोबिलिटी समाधान प्रदान गर्नका लागि प्रतिबद्ध छौं । ग्राहकहरुलाई ड्राइभिङ डाइन्यामिक्स, लुक्स र पर्फरमेन्समा सम्झौता नगरी विविध वातावरण मैत्री गाडीहरुबाट प्रेरित गर्न हृयूण्डाई भविष्यको पूर्णरुपले तयार छ,’ कम्पनीले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment