+
+

नेपाली क्रिकेट टिमले अभ्यास थाल्यो

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ४ गते १७:१३

४ असोज, काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटको लागि नेपाली क्रिकेट टिमले आजदेखि अभ्यास थालेको छ ।

अक्टोबर ३ तारिखदेखि मलेसियामा सुरु हुने एसिया छनोटका लागि नेपाली क्रिकेट टिमले बिहीबारदेखि अभ्यास थालेको हो ।

अभ्यासको पहिलो दिन बिहीबार नेपाली खेलाडीहरुले फिट्नेश र फिल्ड वर्क गरेको नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटाले बताए । उनले अगाडि भने, ‘बैदेशिक भ्रमणको कुनै योजना बनाएका छैनौं । प्रतियोगिता नजिकिँदै आएको कारण हामी नेपालमै तयारी गर्छौं ।’

‘क्रिकेट हो, हाम्रो लक्ष्य भनेको कप उठाउने नै हो । फोकस पनि हामीले त्यही अनुसारको गरेको छौं ।’

हालै मात्र पारस खड्काको कप्तानीमा १८ सदस्यीय प्रारम्भिक नेपाली क्रिकेट टिमको घोषणा भएको थियो ।

एसिया छनोट ‘बी’मा नेपालसँगै आयोजक मलेसिया, सिंगापुर, थाइल्यान्ड, चीन, भुटान र म्यानमार छन् । समूहको शीर्ष तीनमा पर्ने टिम एसियाली छनोटको फाइनल राउण्डमा प्रवेश गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?