+
+

भन्सार छलेर ल्याउँदै गरेको सामान बरामद

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १४ गते १३:३०

१४ कात्तिक, कैलाली । अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ ।

मंगलबार राति करिब २ बजेतिर दुई लाख मूल्य बराबरको सामान बरामद गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

कैलालीको कैलारी गाउँपालिका हसुलियाबाट सामन बरामद गरिएको सशस्त्र प्रहरी ३४ नम्बर गण कैलालीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णुप्रसाद भट्टले जानकारी दिए ।

उनले विशेष सूचनाका आधारमा मोटरसाइकलमा ल्याउँदै गरेका पटाका, फेन्सी तथा अन्य किराना सामग्री बरामद गरेको बताए ।

बरामद गरिएका समानहरु कैलाली भन्सार कार्यालयलाई बुझाइएको बताउँदै डीएसपी भट्टले नियमित चेकजाँचसँगै चाडबाडको मौका छोपेर हुन सक्ने तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीले केन्द्रको निर्देशन अनुसार विशेष योजना बनाएरै सक्रिय रहेको बताए ।

खुला सीमानाका कारण चोरी तस्करी नियन्त्रण गर्न समस्या रहेको बताउँदै डीएसपी भट्टले दशै, तिहार जस्ता चाडपर्वमा सीमा नाकाहरुमा पैदल गस्तीहरु बढाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?