Comments Add Comment

रोयल र लुम्बिनी टीपीएलको फाइनलमा

७ मंसिर, बुटवल । रुपन्देहीमा जारी दोस्रो संस्करणको तिलोत्तमा पि्रमियर लिग क्रिकेट प्रतियोगितामा रोयल शंकरनगर र लुम्बिनी कासाई ग्लाडियटर्स उपाधिका लागि फाइनलमा भिड्ने भएका छन् ।

शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा रोयल शंकरनगरले बुटवल डाइनामाइट माथि दुई विकेट तथा दोस्रो सेमिफाइनलमा लुम्बिनी कासाइले मणिग्राम किङ्गमाथि ७२ रनको जित निकाल्दै फाइनल यात्रा पक्का गरेका हुन् ।

तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजीवनक्लवको खेल मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ्ग रोज्दै बुटवलले निर्धारित २० ओभरमा ६विकेटको क्षतीमा १ सय ६७ रनको लक्ष्य खडा गरेको थियो ।

बुटवलका ओपनर ब्याट्स म्यान मृनल गुरुङ्गले ३१ र भुवन पाण्डे १५ रनमा आउट भए । देवखनालले ३५ तथा सौरभ खनाल २३ रन बनाए ।

छैटौ नम्बरमा मैदान छिरेकाबुटवलका हरिबहादुर चौहान नटआउट रहँदै ३ छक्का र ४ चौकाको मद्यतले १८ बलमा ४३ रन बनाएका थिए ।

शंकरनगरका रोहित पौडेल २ विकेट लिएका थिए । ओपनर सुनिलकुमार सार्की ४७ रन, रोहितकुमार पौडेल ६४ र सुसान्त भारीले १९ रनको योगदान दिए । बुटवलका सौरभ खनाल र हरजित सिंहले समान २-२ विकेट लिएका थिए । रोयलशंकर नगरका रोहित पौडेल म्यान अफदी म्याचबाट पुरस्कृत भए ।

शुक्रबार नै भएको दोस्रो सेमिफाइनलमा मणिग्राम किङ्गले टस जितेर लुम्बिनी कासाई ग्लाडियटसलाई ब्याटिङ्गको निम्तो दिएको थियो ।

लुम्बिनीका ओपनर कुशल मल्लले खराब सुरुआत गरे । उनी केवल ८ बल खेल्दै १ रन बनाएर मोहमोद हुसैनको बलमा कृष्ण कार्कीको क्याच हुन पुगे ।

सुमन पाण्डेले १९ र सुनिल धवलले ४८ रन बनाए । अन्तिम दुई ओभरमा लुम्बिनीका रुपेश कुर्मीले २ छक्का र ३ चौकाको मदतले ११ बलमा २६ रन जोडेका थिए ।

पुरै २० ओभरमालुम्बिनीले १ सय ५१ रनको लक्ष्य खडा गरेको थियो । मणिग्रामका अमर सिह रौटेलले ४ तथा कृष्ण कार्कीले २ विकेट लिएका थिए ।

मध्यम लक्ष्य पछ्याएको मणिग्रामका ब्याट्स म्यानलाई लुम्बिनीका बलरहरुले क्रिजमा टिकेर साझेदारी गर्ने मौका नै दिएनन् ।

पहिलो ओभरको पाचौ बलमानै कुशलमल्लले ओपनर इमरान खानलाई बोल्ड गरिदिए । दोस्रो ओभरमा दुर्गेश कुर्मीले अर्का ओपनर राहुल लोहारलाई केवल ६ रनमा नै बोल्डगर्दै पेभिलियन फर्काइदिए । योसंगै मणिग्रामको ब्याटिङ्ग धरमरायो ।

सन्दिप रजालीले १ छक्का र ४ चौकाको मद्यतले ३२ बलमा ३० र नवौ नम्बरमा मैदान छिरेका मोहमद हुसैनले १३ बलमा नटआउट ११ रन बाहेक अन्य ब्याट्स म्यान चल्न सकेनन ।

मणिग्रामका ब्याट्स म्यान १९ ओभरमा केवल ७९ रनमा समेटिएको थियो । कम स्कोरमा समेट्न लुम्बिनीका रुपेश कुर्मीले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिएका थिए ।

यसैगरी कुशल मल्लले ३ ओभरमा १० रन खर्चेर २ मेडलसहित १ विकेट तथा दुर्गेस कुर्मी, प्रदिप जयसवाल र महेशपति मिश्राले समान २-२ विकेट लिएका थिए ।
लुम्बिनीका रुपेश कुर्मी म्यान अफदी म्याचबाट पुरस्कृत भए । फाइनल भोलि बिहान ११ बजेदेखि सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment