१८ मंसिर, काठमाडौं । ग्लोबल आइएमर्इ बैंकले अाफ्ना सेयर सदस्यलार्इ १६ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।
बैंकको ३०७ औ संचालक समितिको बैठकले गएकाे आर्थिक वर्षको नाफाबाट १६ प्रतिशत बाेनस सेयर बाँड्ने प्रस्ताव गरेकाे हाे ।
चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर वितरणको लागि आगामी १२औं वार्षिक साधारणसभामा प्रस्ताव पेश गर्ने निर्णय गरेको छ ।
बैंकले वितरण गर्न योग्य नाफाबाट पूर्ण रुपमा बोनस सेयर दिने निर्णय गरेको हो । पछिल्लो समयको दोस्रो बजारलार्इ मध्यनजर गर्दै बैंकले लगानीकर्तालार्इ आकर्षित गर्न बोनस सेयरको प्रस्ताव अगाडि सारेको हो ।
बैंकले गत आर्थिक वर्षमा वितरणयोग्य नाफा दुर्इ अर्ब १५ करोड रुपैयाँ आर्जन गरेको थियो । बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ रहेको छ ।
एक अर्ब ४२ करोड रुपैयाँ बोनस सेयर वितरण गरेसँगै बैंकको चुक्ता पूँजी १० अर्ब तीन करोड रुपैयाँ पुग्नेछ ।
हालको चुक्ता पूँजी ८ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । निक्षेप तथा ऋण लगानीमा आक्रमक ग्लोबल आइएमर्इको पूँजी कोष अनुपात ११.२७ प्रतिशत रहेको छ ।
यो विवरण चालु आर्थिक वर्षको पहिलो त्रैमासिक विवरण अनुसारको हो । पूँजीकोष अनुपातको व्यवस्थापनको लागि पनि बैंकले नगद भन्दा बोनस सेयरलार्इ प्राथमिकता दिएको हो ।