+
+

ब्याडमिन्टन : अन्तर्राष्ट्रिय च्यालेन्जको दोस्रो चरणमा पुगे रत्नजित

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २५ गते १४:१५

२५ मंसिर, काठमाडौं । नेपाली ब्याडमिन्टन खेलाडी रत्नजित तामाङले बंगलादेशमा मंगलबारबाट सुरु भएको योनेक्स सनराईज बंगलादेश अन्तर्राष्ट्रिय च्यालेन्जमा जित हात पार्दै दोस्रो चरणमा पुगेका छन् ।

रत्नजितले पुरुष एकलमा भारतका अङकुर साङपाङ राईलाई २१–११, २५–२३ ले पराजित गर्दै दोस्रो चरण प्रवेश गरेका हुन् । अब उनले मलेसियाका जुल्हेल्मी जुल्किफ्लीसँग प्रतिस्पर्धा गर्ने छन् ।

अर्का खेलाडी दिपेश धामी भने पराजित भएका छन् । धामी ईन्डोनेसियाका क्रिष्टियन एडिनाटासँग २१–१८, २१–१३ ले पराजित भएको टिम ब्यवस्थापक सुभाष श्रेष्ठले बंगलादेशबाट जानकारी गराएका छन् ।

पुरुष जोडीमा भने रत्नजित र दिपेशको जोडी बाई प्राप्त गर्दै दोस्रो चरण प्रवेश गरेका छन् ।

यस्तै महिला जोडीमा पनि नङ्गशल देवी तामाङ्ग र अमिता गिरीको जोडीले मरिससका खेलाडीबाट वाक ओभर प्राप्त गर्दै क्वाटरफाईनल यात्रा तय गरेका छन् ।

साथै मिश्रित जोडीतर्फ दिपेश धामी र अमिता गिरीको जोडी मरिससका खेलाडीबाट वाक ओभर प्राप्त गर्दै दोश्रो चरण प्रवेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?