+
+

वीरगञ्जको भेडाहा पुलमुनी शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १ गते १८:३७

१ पुस, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ मा रहेको भेडाहा खोलाको पुलमुनि आइतबार एकजना मृत अवस्थामा फेला परेका छन ।

बारा जिल्ला रामपुर टोकनी निवासी ४२ वर्षीय नजमुद्दिन मिया अंसारी मृत अवस्थामा भेटिएका हुन् । पुलदेखी २५ फिट तल फेला परेका अंसारीको शवसँगै साइकल पनि भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

साइकलसहित पुलबाट खसेको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । घटना शंकास्पद नदेखिएको भएपनि प्रहरीले घटनाबारेमा थप अनुुसन्धान गरिरहेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

‘पुलबाट खसेको पनि हुन सक्छ, साइकल कुच्चिएको पनि छैन, त्यसैले अन्य सवारी साधनले हानेको जस्तो पनि देखिदैन,’ उनले भने, ‘शव पोष्टमार्टमका लागि पठाएका छौं । पोष्ट मार्टम रिपोर्ट आएपछि थप जानकारी हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?