२ पुस, काठमाडौं । एनएमबि बैंकले विभिन्न ८ शिर्षकमा सहुलियत सहितको व्यवसायिक कर्जा दिने भएको छ । बैंकले सोमबार एक कार्यक्रमको आयोजना गरी आफ्नो कर्जा योजनाहरु सार्वजनिक गरेको हो ।
पछिल्लो समय सरकारले ल्याएका योजना कार्यान्वयनका सन्दर्भमा बैंकले विभिन्न कर्जा योजनाहरु सार्वजनिक गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएकालाई, शैक्षिक बेरोजगार, महिला उद्यमशिलता, कृषि तथा पशुपंक्षी लगायतका क्षेत्रमा बैंकले कर्जा लगानी गर्ने भएको हो ।
बैंकले सबैभन्दा धेरै महिला उद्यमशिलताका लागि १५ लाख रुपैयाँसम्म उपलब्ध गराउने बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिए ।
साथै बैंकले व्यवसायिक कृषि तथा पशुपन्छीका लागि एक जनालाई १० लाख, शिक्षित युवा स्वरोजगारका लागि ७ लाख रुपैयाँसम्म, वैदेशिक रोजगारबाट फर्किएकाको युवा परियोजनामा १० लाख रुपैयाँसम्म, दलित समुदायको व्यवसाय विकासका लागि १० लाख रुपैयाँसम्म, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जाको लागि ५ लाख रुपैयाँसम्म कर्जा लगानी गर्ने छ ।
नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि, २०७५ जारी गरिसकेको छ । राष्ट्र बैंकको यहीँ कार्यविधि अनुसार लगानी गर्ने गरी बैंकले कर्जाका यि योजनाहरु सार्वजनिक गरेको हो ।
विपन्न वर्गलाई लक्षित गरी ल्याइएको यि कर्जा योजनाहरु कार्यविधिमा व्यवस्था भए अनुसार विना धितो र व्याजदरमा सहुलियत प्रदान गरिने बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया 4