+
+

गोरखा कारागारका कैदीवन्दीको माग : सरसफाइदेखि सीपमूलक तालिमसम्म

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष २५ गते १७:४४

२५ पुस, गोरखा । अनुगमनको क्रममा बुधबार जिल्ला कारागार पुगेका प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोली समक्ष कैदीवन्दीहरुले बिभिन्न माग राखेका छन् । क्षमता भन्दा बढी कैदीवन्दी भएका कारण सरसफाइमा समस्या भएको पुरुष कैदीवन्दीहरुको गुनासो छ ।

३५ जना क्षमता रहेको पुरुष कारागारमा हाल ७९ जना छन् । पर्याप्त ठाउँ नुहँदा साघुँरो भएको उनीहरुको भनाइ छ । वर्षातको समयमा पानी जम्ने हुदाँ समस्या हुने गरेको उनीहरुको गुनासो छ । कुलेसो काटेर पानी वग्ने ठाउँ बनाइदिन उनीहरुले आग्रह गरेका छन् ।

यता महिला कैदीवन्दीहरुको माग भने छुट्टै छ । पुरुष कारगारमा जस्तो क्षमता भन्दा बढि कैदीवन्दीहरु महिला कारागारमा छैनन् । १५ जना क्षमताको महिला कारागारमा हाल आठ जना छन् ।

सीपमूलक तालिम उपलब्ध गराउन उनीहरुले माग गरेका छन् । रुमाल बुन्ने गरेपनि बिक्री नभएको गुनासो गर्दै उनीहरुले अन्य सामान बनाउनका लागि आवश्यक तालिम र सामाग्री उपलब्ध गराइदिन आग्रह गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी गजेन्द्र श्रेष्ठ, जिल्ला न्यायाधीश बसन्तराज पौडेल, जिल्ला प्रहरी प्रमुख एसपी भोला रावल, सशस्त्र प्रहरीका जिल्ला प्रमुख डीएसपी लिलाराम पुन, राष्ट्रिय अनुसन्धान कार्यालयका जिल्ला प्रमुख डीएसपी सविन श्रेष्ठलगायतको सुरक्षा समिति र न्यायालयको टोलीले संयुक्त रुपमा वुधवार कारागारको अनुगमन गरेको हो । अनुगमनमा कारागारको भौतिक पूर्वाधारको अवस्था र समस्याको बारेमा जानकारी लिइएको थियो ।

अनुगमन टोलीलाई कारागारको अवस्था बारे बताउँदै जेलर शशिधर सुवेदीले खानेपानीको समस्या रहेको बताएका छन् । कारागारसम्म आउनका लागि बाटो पनि उपयुक्त नभएको उनको भनाइ छ ।

भौतिक संरचना पुरानो भएको र ठाउँ पर्याप्त नभएको उनले जानकारी गराए । कैदीवन्दीका लागी टिभी, क्यारेमवोर्ड, लुडो, भलिवल जस्ता सामग्रीहरु उपलब्ध गराउदै आएको उनले बताए ।

पुरुष कैदीवन्दीहरु मध्य अधिकांश मुढा र नाङलो बुनेर समयको सदुपयोग गर्ने गरेको कारागार कार्यालयले जनाएको छ । कैदीवन्दीको उपचारका लागी एक जना हेल्थ असिस्टेन्ट पनि कार्यालयमै रहेको जेलर सुवेदीले बताए ।

कारागारको समस्या समाधानसँगै सुधारका लागी आवश्यक पहल गर्ने आश्वासन अनुगमन टोलीले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?