+
+

मन्त्रीले सचिव कुटेको विषयमा छानबिन समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष ३० गते ४:४५

२९ पुस, काठमाडौं । प्रदेश २ मा मन्त्रीले सचिवमाथि कुटपिट गरेको विषयमा प्रदेश सरकारले छानबिन समिति बनाएको छ ।

आइतबार आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा बोलाएर कुटपीट गरेका थिए ।

त्यस विषयमा आइतबार नै बसेको मन्त्रिपरिषद बैठकले आन्तरिक मामिला तथा योजना मन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको हो । जसमा आन्तरिक मामिला तथा योजना मन्त्रालयका प्रमुख सचिव र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव सदस्य छन् ।

उक्त समितिले दिएको प्रतिवेदनको आधारमा कारबाही गर्ने मुख्यमन्त्री लालबाबु राउतले बताएका छन् । आइतबार मुख्यमन्त्री राउतले कुटपीटको घटनाबारे मन्त्री यादव र सचिव झासँग छुट्टाछुट्टै छलफल गरेर जानकारी लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?