+
+

राष्ट्रपतिद्वारा माघे संक्रान्तिको शुभकामना

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १ गते ७:५७

१ माघ, काठमाडौं । राष्ट्रिपति विद्यादेवी भण्डारीले माघे संक्रान्ति पर्वले सामाजिक एकता सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेकी गरेकी छन् ।

माघे संक्रान्ति पर्वको अवसरमा एक शुभकाना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

विशिष्ट सांस्कृतिक सम्पदाको रूपमा रहेका यस्ता पर्वले मुलुकलाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको राष्ट्रपति भण्डारीको ठम्याइ छ ।

एउटै पर्वलाई फरकफरक नाम र शैलीले मनाउने नेपाली परम्पराले शान्तिको सन्देश फैलाएको राष्ट्रपति भण्डारीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?