+
+

सेयर बजारको ‘हब’ बन्दै बुटवल

रासस रासस
२०७५ माघ ९ गते १४:५६

९ माघ, बुटवल । प्रदेश नं ५ को अस्थायी राजधानी बुटवल सेयर बजारको नयाँ केन्द्रको रूपमा स्थापित हुन थालेको छ ।

सरकारको नीतिअनुसार विभिन्न दलाल (ब्रोकर) कार्यालय बुटवलमा स्थापना भएपछि सेयर बजारप्रतिको आकर्षणले यहाँ आर्थिक कारोवार बढ्न थालेको स्थानीयले बताएका छन् ।

सेयर बजारमा नयाँ लगानीकर्ताको प्रवेश बढ्नुका साथै बुटवलका विभिन्न दलाल कार्यालयमा सेयर बजारप्रतिको रुचिले बुटवललाई सेयर ‘हब’ का रूपमासमेत बुझ्न थालिएको रुपन्देहीस्थित सफल नेपाल इन्भेष्टमेण्ट फोरमका अध्यक्ष कमल तिवारी बताउँछन् ।

‘बुटवल आर्थिक ‘हब’ को रूपमा स्थापित भइसकेकाले र सेयर बजार बैंकसँग सम्बन्धित भएकाले बुटवलको छनोट भएको हुन सक्छ’, उनले भने ।
तिवारीका अनुसार प्रदेश नं ५ को अस्थायी राजधानी, पश्चिम क्षेत्रकै व्यापारिक केन्द्र बजार केन्द्रित व्यवसाय भएकाले बुटवलमा सेयर (ब्रोकर) दलाल कार्यालय यस क्षेत्रमा स्थापित भएका हुन् ।

एशियन सेक्युरिटिज प्रालि, २६ नं दलाल कार्यालय बुटवलका पुष्पनिधि ढकालले पूँजी बजारका लागि बुटवल अनुकूल बजार भएकाले सेयर दलाल कार्यालय यहाँ स्थापना भएको उल्लेख गर्दै व्यापारिक केन्द्रसमेत भएकाले पूँजी बजारका लागि बुटवल उदाउँदो बजार बन्दै गएको उनले बताए ।

सेयर बजारका जानकारले पूँजी बजार अहिले ‘वियरिस’ अवस्थाको अन्त्यमा भएको दाबी गरेका छन् । सेयर बजार ‘प्यारालाइन स्टेट’ को अवस्थामा भएको बताइएको छ ।

यो अवस्था भनेको नेप्से परिसूचक घट्ने सम्भावना कम भएको र घटिहाले पनि ५० देखि १०० अङ्कको तलमाथि हुने बताइएको छ ।

यस अवस्थामा बजारले करीब छ महीनादेखि एक वर्षसम्मको समय लिन्छ । खासगरी पुस, माघ र फागुन सेयर बजारका लागि ‘अफसिजन’ मानिन्छ । अबका केही महीनापछि बजार ‘बुलिस’ हुने बताइएको छ । यहाँका ब्रोकर कार्यालयमा झण्डै दैनिक रु एक करोड बढीको कारोवार हुने गरेको छ ।

बुटवलस्थित विभिन्न कलेजका व्यवस्थापन सङ्कायका विद्यार्थी, केही कर्मचारी, प्राध्यापकलगायत सेयर बजारमा अभ्यस्त हुन थालेका छन् । दलाल (ब्रोकर) कार्यालयले यस क्षेत्रमा झण्डै डेढ वर्षदेखि सेयर खरीद तथा बिक्री गर्दै आएका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?