+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

‘बाहुवली’ निर्देशकको फिल्म खेल्न परिणितीको महंगो डिमाण्ड

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १३ गते १६:२८

‘बाहुबली’ जस्तो सफल चलचित्र निर्देशन गरेर संसारभर परिचित बनेका निर्देशक एसएस राजमौली हाल नयाँ चलचित्रको तयारीमा लागिरहेका छन् । उनी अहिले ‘आर आर आर’ नामक चलचित्र निर्देशन गर्ने तयारीमा छन् । यस चलचित्रको लागि कलाकारमा राम चरण र जुनियर एनटीआर फाइनल भएका छन् ।

त्यस्तै, यस चलचित्रमा नायिका परिणिती चोपडाको मुख्य भूमिका रहने खबर बाहिरिएको छ । भारतीय मिडियाका अनुसार परिणितीले यस चलचित्रमा काम गर्नको लागि ठुलो रकम माग गरेकी छिन् । तर, निर्माण युनिट र परिणिती बीच लिखित सम्झौता भने भएको छैन ।

३०० करोड लगानीमा निर्माण हुन लागेको यस चलचित्रलाई हैदरवादमा खिचिनेछ । चलचित्रको छायांकनका लागि त्यहाँ निकै भव्य सेट समेत तयार गरिएको छ । छिट्टै नै छायांकनको तयारीमा रहेको यस चलचित्रलाई सन् २०१९ भित्र रिलिज गर्ने निर्माण पक्षको लक्ष्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?