+
+

बालिका बलात्कारको अभियोगमा दुई युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ २६ गते १८:०७

२६ माघ, चितवन । पूर्वी चितवनमा १३ बषर्ीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

रत्ननगर नगरपालिका-७ बछ्यौलीकी एक बालिकालाई पैसाको प्रलोभन देखाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले बाराको कोलही नगरपालिकाका ३० बर्षीय गंगा चौधरी र २२ बर्षीय अजय कुमारलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायव उपरीक्षक दयानिधि ज्ञवालीका अनुसार दुबै मजदुरको काम गर्दै आएका थिए । पीडितकी आमाले खबर गरेको डेढ एक घण्टाभित्र अभियुक्त पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीहरुले मादक पदार्थ सेवन गरेर जवरजस्ती करणी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?