२८ माघ, वीरगञ्ज । आइतबार माघ शुक्ल पञ्चमीका धुमधामका साथ सरस्वती पूजा गरेका विभिन्न शैक्षिक संस्थाका विद्यार्थीहरुले सोमबार सरस्वतीको मूर्ति सेलाउँदैछन् । ‘श्रीपञ्चमी’ पर्व सम्पन्न भएको भोलिपल्ट विद्याकी अधिष्ठात्री देवीको रुपमा परिचित सरस्वतीको मूर्ति सेलाइएको हो ।
परालको आकृत्तिमा माटो मुछेर बनाइको मूर्तिमा रंगरोगन गरेर आकर्षक बनाइएको हुन्छ । सरस्वती पूजाको दिन पूजा गरिसकेपछि मूर्तिलाई भोलिपल्ट नदी तलाउमा लगेर सेलाउने गरिन्छ ।
वीरगञ्ज क्षेत्रको मूर्ति सिर्सिया, तिलावे, रौतहटको वागमति र हेटौंडाको राप्ती नदीमा समेत लगेर सेलाउने गरिएको छ ।
सरस्वती पूजा सकिएकोले नदिमा लगेर सरस्वतीको प्रतिमालाई सेलाएको वीरगञ्ज राधेमाई स्थित साउथ जोन स्कुलका पि्रन्सिपल सरोज चौधरीले जानकारी दिए ।
मूर्ति सेलाउने क्रममा गाना बजानासहित रमाइलो गर्दै विद्यार्थीहरु नदी तथा तलाउमा पुग्ने गरेका छन् । यसरी सरस्वती माताको मूर्ति सेलाउने क्रममा जाँदा बजाइएको भोजपुरी गानाको शब्द अलि उछृङखल भएको गुनासो सर्वसाधरणले गरेका छन् ।
सरस्वतीको आरधाना गरेको गीतहरु भन्दा पनि भोजपुरी छाडा गीतहरुले प्राथमिकता पाएको उनीहरुको भनाइ छ ।
चन्ऽमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागिश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रहृमचारिणी, चन्ऽघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्ने चलन छ ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आˆना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा-आराधना गर्ने गरेका छन् ।
ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रहृमाकी अर्धाङ्गनिी ब्रहृमायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने जन विश्वकास छ ।
यसैकारण तराई मधेसमा सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । सरस्वतीको पूजा गरी विद्या प्रारम्भ गरेमा सर्व सिद्धि प्राप्त हुन्छ भन्ने मान्यता पनि छ र सोही दिनबाट स-साना बालबालिकाको अक्षराम्भ पनि गरिन्छ ।
यसैबीच प्रदेश २ को सामाजिक विकास मन्त्रालय अन्र्तगत रहेको शिक्षा विकास निर्देशनालयको निर्देशनलाई विद्यालयहरुले अटेर गरेका छन् ।
शिक्षा विकास मन्त्रालयका निर्देशक रमाकान्त शर्माले सरस्वती पूजाको दिन बाहेक अन्य दिन विद्यालय बन्द नगर्न निर्देशन दिएको भएपनि अधिकांश विद्यालयले नमानेका हुन् ।
प्रदेश २ मा सरस्वती पूजा भव्यताका साथ मनाउने गरिन्छ । र, त्यसको भोलिपल्ट विद्यालय बन्द गरेर मुर्ति सेलाउन जाने गरिन्छ ।
माघ १८ गते सबै विद्यालयहरुमा पत्राचार गर्दै शिक्षा विकास निर्देशनालयले माघ २७ गते मात्रै सरस्वती पूजाका गतिविधि सञ्चालन गर्न भनेको थियो ।
अन्य दिन नियमित पठनपाठन गराउन अनुरोध गरिएको थियो । सबै शिक्षा विकास तथा समन्वय इकाईलाई कार्यान्वयनमा सहयोग गर्न र अनुगमन गर्न भनिएको भएपनि उनीहरुले पनि यसलाई बेवास्ता गरेका छन् ।