Comments Add Comment

स्ववियु निर्वाचन तालिका प्रकाशन गर्न सत्तारूढ विद्यार्थीको माग

२८ माघ, काठमाडौं । सत्तारुढ  विद्यार्थी संगठनले स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेको छ ।

आगामी फागुन १४ गते निर्वाचनको मिति तोकिएपनि कार्यतालिका प्रकाशित गर्न ढिलाइ गरिएको भन्दै अनेरास्ववियु र अखिल (क्रान्तिकारी)ले गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

अध्यक्षद्वय नविना लामा र रंजित तामाङको उपस्थितमा सोमबार बसेको बैठकले आगामी फागुन २ गतेसम कार्यतालिका प्रकाशित नगरे कडा संघर्षमा उत्रिने निर्णयसमेत गरेको छ ।  लामा र  तामाङले जारी गरेको संयुक्त विज्ञप्तिमा लेखिएको छ, ‘आगामी फागुन २ गतेसम कार्यतालिका प्रकाशित गरी द्रुत गतिमा स्ववियु निर्वाचन प्रक्रिया अघि नबढाइए विश्वविद्यालय पदाधिकारीहरूको पदमा रहिरहने अाैचित्य समाप्त हुने ठहर गर्दै कठोर संघर्षमा उत्रन बाध्य हुने छाैं ।’

संगठनले त्रिविसँगै स्ववियु अवधि पुगेका अन्य विश्वविद्यालयहरुलाई समेत अविलम्ब निर्वाचन कार्यतालिका प्रकाशित गर्न माग गरेका छन् ।

साथै बैठकले फागुन १ गते जनयुद्ध दिवसका अवसरमा श्रद्धाञ्जली कार्यक्रम गर्ने निर्णय पनि गरेको छ। साँझ माइतीघर मण्डलामा दीप प्रज्वलन गर्ने कार्यक्रम तय भएको छ ।

यस्तै, फागुन १ गते नै शुभारम्भ गरिने प्रधानमन्त्री रोजगार कार्यक्रमको स्वागत गर्ने निर्णय समेत गरेको छ ।

हेर्नुस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment