Comments Add Comment

आर्सनलका राम्सी युभेन्टसमा अनुबन्धित

२९ माघ, काठमाडौं । आर्सनलका मिडफिल्डर आरोन राम्सी इटालियन क्लब युभेन्टसमा अनुबन्धित भएका छन् ।

युभेन्टसले सोमबार आर्सनलका मिडफिल्डरलाई राम्सीलाई चार वर्षका लागि आफ्नो टिममा अनुबन्धित गरेको हो । सम्झौताअनुसार, उनले साताको चार लाख पाउण्ड पाउने छन् ।

उनको आर्सनलसँगको सम्झौता गत वर्षको जुन महिनामै सकिएको थियो । अनुबन्धित भएसँगै उनी सर्वाधिक तलब पाउने ब्रिटिस खेलाडी बनेका छन् ।

वेल्सका २८ वर्षीय राम्सीले आर्सनलमा ११ वर्ष बिताए । कार्डिफ सिटीबाट सन् २००८ मा राम्सी आर्सनल गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment