Comments Add Comment

जिमेलमा थपिए यी नयाँ फिचर्स

गुगलले हालै आफ्नो इमेल सर्भिस जिमेलमा कैयन् नयाँ फिचर्स थप गरेको छ । यही हप्ता आफ्नो ब्लग पोष्टमा गुगलले यसको घोषणा गरेको छ ।

गुगलले जिमेमा राइट क्लिक मेन्यूमा केही नयाँ उपयोगी फिचरहरु थप गरेको छ । अहिले जिमेलमा राइट क्लिक मेन्यूमा रिप्लाई, डिलिट तथा आर्काइभ अप्सन रहेका छन् । अहिले नयाँ फिचर थप भएसँगै प्रयोगकर्ताले राइट क्लिक मेन्यूमा सिधै इमेलबाट धेरै काम गर्न सक्नेछन् ।

जिमेलको राइट क्लिक मेन्यूमा रिप्लाई, फरवार्डिङ्ग, लेबल एड, इमेल सर्च, इमेल मूभ तथा नयाँ विन्डो खोल्नेजस्ता अप्सनहरु थपिएका छन् ।

आगामी फेब्रुअरी २५ सम्ममा यी फिचर्स सबै जिमेल प्रयोगकर्ताले प्राप्त गर्ने जिमेलले जनाएको छ । र राइट क्लिक मेन्यूमा नयाँ अप्सन एक्टिभेट गर्नका लागि प्रयोग कर्ताले कुनै थप काम गर्नुपर्ने छैन ।

एक अर्को समाचार अनुसार जिमेलले स्पाम इमेल फिल्टर गर्नका लागि मेसिन लर्निङ सिस्टममा आधारित एक नयाँ टूल डेभलप गरेको छ । कम्पनीको उक्त नयाँ टूलको नाम Tensorflow रहेको छ ।

द भर्जका अनुसार जिमेलको यो टूलले हरेक दिन १० करोड स्पाम मेसेज ब्लक गर्नमा सहयोग गरेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment