+
+

विवेकशील नेपालीले थप्यो ५ केन्द्रीय सदस्य, प्रवक्ताको जिम्मेवारी पाण्डेलाई

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन ३ गते ११:२३

३ फागुन, काठमाडौं । विवेकशील नेपाली पार्टीले केन्द्रीय सदस्यमा ५ जनालाई थप गरेको छ ।

केही दिनअघि अध्यक्ष उज्ज्वल थापाको अध्यक्षतामा बसेको बैठकले ज्योति परियार, रामजी राम, प्रतिभा डंगोल, रजिया वानु र जमुना सुवेदीलाई केन्द्रीय सदस्यमा थप गरेको हो ।

परियार बाँके, राम पर्सा, डंगोल मकवानपुर, वानु काठमाडौं र सुवेदी रुपन्देहीकी हुन् । छुट्टै दल दर्ता गर्न चाहिने न्यूनतम २१ जना केन्द्रीय सदस्य नपुगेपछि केन्द्रीय सदस्य थप गरिएको हो ।

समावेशितलाई ध्यानमा राख्दै उनीहरुलाई केन्द्रीय सदस्य बनाइएको पार्टीले जनाएको छ ।

यसैबीच, दल दर्ता प्रयोजनका लागि दलका पदाधिकारीका रुपमा अध्यक्षमा उज्ज्वल थापा, उपाध्यक्षमा अजिता राई, महासचिवमा गोविन्द नारायण तिमिल्सिना र कोषाध्यक्षमा सुवुना बस्नेतलाई राख्ने निर्णय भएको छ ।

बैठकले दलको प्रवक्ताको जिम्मेवारी मिलन पाण्डेलाई दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?