+
+

जारी सिजनमा सगरमाथामा मात्र ५ आरोहीको मृत्यु, ३ बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ११ गते १५:१९
फाइल तस्वीर

११ जेठ, काठमाडौं । जारी पर्वतारोहण सिजनमा सगरमाथामा मात्र ५ आरोहीको मृत्यु भएको छ ।

पर्यटन विभागले बिहीबार साँझ सार्वजनिक गरेको विवरण अनुसार नेपाली सहयोगी र विदेशी आरोहीहरूको विभिन्न कारणले मृत्यु भएको हो ।

मृत्यु हुनेमा मंगोलियाका दुई आरोही छन् । उनीहरूको १३ मेका दिन साउथ समिटमा मृत्यु भएको विभागले जनाएको छ । मृत्यु हुनेमा युखजर्गल सिडेनडम्बा र प्योरभिस्रन खाग्बाजाभ रहेका छन् ।

क्याम्प थर्डमा रोमानियाका नागरिक ४६ वर्षीय ग्याब्रियल भायोरेल तबराको २१ मेका दिन मृत्यु भएको छ । उनको टेन्टमा सुतिरहेको अवस्थामा मृत्यु भएको पाइएको छ ।

केन्याका नागरिक ४० वर्षीय जोसुआ चेरियट किरुईको समेत सोही दिन मृत्यु भएको विभागले जनाएको छ । उनको चुचुरो नजिकै शव भेटिएको छ । सोही दिन कास्कीका विनोदबाबु बस्ताकोटीको समेत ज्यान गएको छ । उनको साउथ कोल नजिकै ८२ सय मिटरमा ज्यान गएको हो ।

विभागका अनुसार तीन जना आरोही र सहयोगी भने हराइरहेका छन् । २१ तारिखका दिन बेलायती नागरिक ४० वर्षीय ड्यानियम पौल हिलारी स्टेपबाट झरेको र सोही स्थानमा हराइरहेको विभागले जनाएको छ । उनको साथमा रहेका सहयोगी पासतेन्जी शेर्पा समेत हराइरहेका छन् । केन्याली नागरिकको साथमा रहेका ङवाङ शेर्पा समेत चुचुरो नजिकबाट हराइरहेको विभागको विवरणमा उल्लेख छ ।

५७० ले गरे सफल आरोहण

विभागका अनुसार बिहीबारसम्म कुल ५७० जना भन्दा बढी आरोही र सहयोगीहरुले सगरमाथाको सफल आरोहण गरेका छन् । बिहीबार मात्र ६५ जनाले चुचुरो चुम्न सफल भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?