+
+

अमेरिकी सहायक रक्षामन्त्री काठमाडौंमा, सुरक्षा व्यवस्थामा सघाउने वचन

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १३ गते १२:१९

१३ फागुन, काठमाडौं । दक्षिण तथा दक्षिणपूर्वी एसिया मामिलासम्बन्धी अमेरिकी सहायक रक्षामन्त्री जोसेफ फेल्टर नेपाल भ्रमणमा आएका छन् । भेनेजुएलामा अमेरिकी हस्तक्षेपको सत्तारुढ नेकपाले विरोध गरेको बेला अमेरिकी सहायक रक्षामन्त्री नेपाल आएका हुन् ।

उनले सोमबार बिहान उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलसँग भेटवार्ता गरेका छन् । उनले प्रधानमन्त्रीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

रक्षामन्त्री पोखरेलसँगको भेटवार्तामा अमेरिकी सहायक रक्षामन्त्री फेल्टरले नेपालको सुरक्षा व्यवस्थालाई सदृढ बनाउन सहयोगी भूमिका खेल्न चाहेको बताएका थिए ।

सिंहदरबारस्थित रक्षा मन्त्रालयमा भएको भेटमा अमेरिकी सहायक मन्त्री जोसेफको भनाए उद्धृत गर्दै मन्त्री पोखरेलले पत्रकारहरुसँग भने, ‘सुरक्षा प्रवन्धलाई व्यवस्थित गर्ने मामलामा हाम्रा जे सोचाइ छन्, योजनाहरु छन्, त्यसलाई सहयोग पुर्‍याउन चाहान्छौं भन्ने कुरा राख्नुभयो उहाँले ।’

भेटमा मन्त्री पोखरेलले अमेरिकी सरकारले नेपाललाई अप्ठेरो परेको बेला सहयोग पुर्‍याउँदै आएको भन्दै प्रशंसा गरेका थिए । कुनै पनि अन्तर्राष्ट्रिय सैन्य संरचनामा वा क्षेत्रीय सैन्य संरचनामा भने नेपाल सहभागी नहुने उनले स्पष्ट पारे ।

मन्त्री पोखरेलले नेपाल सरकारले अघि सारेको आर्थिक विकास र समृद्धिको अभियानलाई सहयोग गर्न अमेरिकी सहायक रक्षामन्त्री जोसेफलाई आग्रह पनि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?