+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

इन्फ्रास्ट्रक्चर बैंकको औपचारिक कारोबार शुरु, अर्थमन्त्रीले गरे उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २२ गते १२:३९

२२ फागुन, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक औपचारिक रुपमा सञ्चालनमा आएको छ । पूर्वाधार क्षेत्रमा लगानी गर्ने मुख्य योजनासहित सञ्चालनमा आएको बैंकको बुधबार विशेष समारोहकाबीच अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरे ।

काठमाडौंको बानेश्वरस्थित कृष्ण टावरमा केन्द्रीय कार्यालय रहेको बैंकको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान १० बजे उद्घाटन गर्ने कार्यक्रम थियो ।

तर, अस्वस्थ्य रहेको सूचना पठाउँदै प्रधानमन्त्री निर्धारित तालिकामा नआएपछि अर्थमन्त्री खतिवडाले बैंकको औपचारिक उद्घाटन गरे ।

औपचारिक उद्घाटनसँगै बैंकले आजैदेखि कारोबार शुरू गर्ने भएको छ । पूर्वाधारका क्षेत्रमा मात्रै लगानी गर्ने उद्देश्यसहित नेपाल राष्ट्र बैंकले गत माघ २८ गते सञ्चालन अनुमति प्रदान गरेको थियो ।

यो बैंक पुँजीका आधारमा मुलुककै सबैभन्दा ठूलो बैंक हो । ४० अर्ब रुपैयाँ अधिकृत पुँजी, २० अर्ब जारी पुँजी र १२ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकले सार्वजनिक तथा निजी साझेदारी मार्फत नेपालको पूर्वाधार-यातायात, कृषि, ऊर्जा, पर्यटन, विशेष आर्थिक क्षेत्र, आधुनिक शहरी पूर्वाधार, सूचना प्रविधि लगायतका विकासमा अग्रणी भूमिका निर्वाह गर्ने लक्ष्य लिएको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १०७ बमोजिम नेपाल सरकारसहित केही प्रतिष्ठित वाणिज्य बैंकहरु, बीमा कम्पनीहरु, लघुवित्त, निजी कम्पनीहरु तथा व्यक्तिगत व्यवसायीहरुको संयुक्त लगानी र प्रयासबाट मिति २०७५ जेष्ठ २५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भइ राष्ट्रियस्तरको पूर्वाधार विकास बैंकको रुपमा यस बैंकले इजाजत पाएको हो ।

नेपाल सरकारको १० प्रतिशत तथा निजी क्षेत्रको ९० प्रतिशत लगानी रहेको यस बैंकको मुख्य कार्यक्षेत्र अन्तर्गत राष्ट्रिय, प्रादेशिक तथा स्थानीयस्तरका पूर्वाधार विकासका परियोजनाहरुमा लगानी गर्ने, पूर्वाधार विकास सम्बन्धी परियोजना संचालन गर्ने कम्पनीहरुको धितोपत्रमा लगानी गर्ने तथा परियोजना निर्माणका लागि आन्तरिक र वाह्य स्रोत जुटाउने रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?