+
+

‘तँलाई मार्न ५० लाखको सुपारी दिएको छु’ भन्दै सांसदलाई फोन आएपछि…

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २७ गते २:१५

२६ चैत, काठमाडौं । झापा क्षेत्र नं. ३ का सांसद राजेन्द्र लिङ्देन केही दिनदेखि तनावमा थिए ।

करिब एक साताको मौनतापछि ‘कसैले ५० लाखको लोभमा ममाथि गोली चलाउन सक्ला ?’ भन्दै ट्वीट गरेपछि कतिपयले उनको तनावको पूर्वानुमान लगाए । तर, धेरै गम्भीर रुपमा लिएनन् किनभने उनले कतै उजुरबाजुर गरेका थिएनन् ।

मंगलबार अनलाइनखबरसँग कुरा गर्दै उनले खुलाए, ‘दुई सातादेखि धम्की मिश्रित फोन आइरहेको छ । तँलाई मार्न ५० लाख रकम दिइसकेको छु । अब बाँच्दैनस्’ भन्दै कहिले ह्वाट्स एप त कहिले मोबाइलमा फोन गरेर आउने गरेको छ, एउटा आवाजबाट मलाई धम्की दिइन्थ्यो भने अर्को आवाजबाट मलाई मार्न पैसा दिएकाले सचेत हुन भनिन्थ्यो’, लिङ्देनले भन्छन् ।

उनका अनुसार काठमाडौंमै भएका वेला त्यो फोन आएपछि उच्च प्रहरी अधिकारीसँग छलफल पनि गरेका रहेछन् । यद्यपि, लिखित उजुरी भने दिएनन् ।

प्रहरीले सुक्ष्म अनुसन्धान थाल्यो । त्यसक्रममा झापाबाट एक जना व्यक्ति पनि पक्राउ परेका छन् । तर, उनले किन लिङ्देनलाई त्यसरी फोन गरे भन्ने खुलेको छैन ।

दुई जनाको स्वरमा फोन गरिए पनि दुवै व्यक्ति एकै भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । घटनामा अन्यको पनि संलग्नता हुने आशंकामा अनुसन्धान भइरहेको छ ।

अन्य व्यक्ति पक्राउ परेपछि मात्रै लिङ्देनलाई दिइएको धम्कीबारे थप खुल्ने प्रहरी बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?