+
+

रक्सी तस्करले लुटेको प्रहरीको हतियार भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १९ गते १:३०

१८ वैशाख, जनकपुरधाम । तस्करहरुको समूहले धनुषाबाट लुटेको प्रहरीको हतियार फेला परेको छ ।

धनुषाको मुखियापट्टी मुसहर्निया गाउँपालिका १ स्थित नेपाल–भारत सिमा नजिकै ७ः३० बजेतिर हतियार फेला परेको धनुषा प्रहरीले जनाएको छ । धनुषा प्रहरीका प्रवक्ता एवं डिएसपी रामेश्वर कार्कीले दशगजा नजिकै नेपालपट्टीको एउटा खरबारीमा लुटिएको हतियार फेला परेको अनलाइनखबरलाई जानकारी दिए ।

गस्तीमा रहेका प्रहरी र भारततर्फ रक्सी तस्करी गर्ने समूहबीच झड्प हुँदा तस्करहरुले बुधबार बिहान २ बजेतिर हतियार लुटेका थिए । गस्तीको नेतृत्वकर्ता नेपाल प्रहरीका सहायक प्रहरी निरीक्षक (असई) प्रमोद कुमार साहको साथमा रहेको एक थान चाइनिज पेस्तोल र त्यसमा लाग्ने म्यागेजिन तस्करहरुले लुटेर लगेका थिए ।

लुटिएको हतियार र लुटने व्यक्तिको खोजी गर्न व्यापक प्रहरी परिचालन गरिएको थियो । हतियार फेला परेपनि लुटने व्यक्ति फेला पर्न सकेका छैनन् । डिएसपी कार्कीले हतियार लुट्ने समूहको खोजी भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?