+
+

‘विवाहका लागि युवतीले २० वर्षसम्म कुर्न सक्दैनन्’

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २८ गते ०:३०

२७ वैशाख, जनकपुरधाम । गत भदौबाट लागू भएको नयाँ मुलुकी संहिताअनुसार विवाहका लागि युवतीको उमेर २० बर्ष पुग्नुपर्ने हुन्छ ।

योभन्दा कम उमेरमा हुने विवाह बाल विवाह ठहरिन्छ भने विवाहमा संलग्नलाई कानुन अनुसार कारबाहीको भागिदारी बन्नुपर्छ । नयाँ कानुन विपरीत जनकपुरमा एक महिनाअघि १९ बर्षकी युवतीको विवाह भइरहँदा प्रहरीले रोकेको छ ।

तर जनकपुरमै यसको बिरोध भएको छ । यो कानुनकै कारण २० बर्षभन्दा कम उमेरका युवतीहरु भाग्ने गरेको भन्दै धनुषा समन्वय समिति सभापतिले बिरोध गरेका छन् । सभापति रामदेव वनरैत यादवले शुक्रबार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै भने, ‘२० बर्ष कुरेर बसेकै कारण केटी भागिरहेका छन् । यसको जिम्मेवार को हुने ?’

यो गर्मी ठाउँ भएको र यहाँकी युवतीहरु २० बर्षसम्म अविवाहित रहन नसक्ने उनको तर्क छ । ‘यहाँ अत्यधिक गर्मी हुने गरेको र यति उमेरसम्म विवाह नगरी युवती बस्न सक्दैनन्’ उनले भने, ‘१८ वर्षमै विहे गर्न बनाइएको कानुन ठीक थियो ।’

हिमाली र पहाडी जिल्ला चिसो ठाउँ भएको र त्यहाँका लागि विवाहको २० वर्ष उमेर ठीक भए पनि मधेशका लागि नभएको उनको भनाइ छ ।

आफू पनि बालविवाहको विरोधी भएको भन्द उनले विवाहका लागि २० बर्ष उमेर धेरै भएको उल्लेख गरे । १८ र १९ वर्षका युवतीहरुको विवाहलाई बाल विवाह भन्दै नेपालमा रोकेपछि भारत गएर गर्न थालिएको भन्दै उनले आफ्नै मुलुकममा विवाह गर्न सक्ने वातावरण बनाइनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?