Comments Add Comment

नागरिकको सहभागितामा अपराध न्यूनीकरण : एसएसपी सुवेदी

६ जेठ, काठमाडौं । महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीले नागरिकको सहभागिता र सक्रियतामा अपराध न्यूनीकरण गरिने बताएका छन् ।

काठमाडौंको कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा आइतबार आयोजित सामुदायिक प्रहरी साझेदारी कार्यक्रमलाई सम्बोधन गर्दै एसएसपी सुवेदीले सो कुरा बताएका हुन् । उनले सामाजिक विकृति अन्त्य गर्न सके ठूला घटनाहरू हुन नपाउने बताए ।

उनले समुदाय प्रहरी साझेदारी कार्यक्रमले नागरिक-प्रहरीको सम्बन्ध बलियो हुँदै गएको पनि बताए ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख एवम् डिएसपी काजीकुमार आचार्यले स्थानीय प्रहरीले नागरिकलाई केन्द्रमा राखेर सेवा प्रवाह गरेको बताए ।

वडा नं. ११ का वडाध्यक्ष हीरालाल तण्डुकारले नागरिक र प्रहरीबीचको सम्बन्ध राम्रो बन्यो भने मात्रै समाज सुधार हुने बताए ।

कार्यक्रममा सशस्त्र प्रहरीका पूर्वमहानिरीक्षक सिंहबहादुर श्रेष्ठ, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ लगायतले पनि मन्तव्य राखेका थिए ।

कार्यक्रममा वडा नं. ११, २८ र २९ का जनप्रतिनिधि, सामुदायिक सेवा केन्द्रका पदाधिकारी, नागरिक समाज, शिक्षक, समाजसेवी लगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment