Comments Add Comment

वर्ल्ड कप क्रिकेटका कप्तान र महारानी एलिजावेथबीच भेटवार्ता

१६ जेठ, काठमाडौं । आईसीसी वन डे वर्ल्ड कप क्रिकेट बिहीबारबाट इंग्ल्याण्डमा सुरु हुँदैछ । प्रतियोगिताको उदघाटन समारोह सुरु हुनुअघि क्रिकेट टिमका कप्तानहरुले महारानी एलिजावेथसँग सामुहिक भेटवार्ता गरेका छन् ।

यस वर्ल्डकपमा इंग्ल्याण्डसहित १० टिम सहभागी छन् । भारत, पाकिस्तान, अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, न्यूजिल्याण्ड, वेष्टइन्डिज, श्रीलंका र दक्षिण अफ्रिकाले प्रतियोगितामा भाग लिएका हुन् ।

पहिलो खेल बिहीबार इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीच हुने छ । यो प्रतियोगितामा राउन्ड रोबिन र नकआउट फर्म्याटमा खेल खेलाइने छ । वर्लडकपको ४४ वर्षे इतिहासमा दोस्रो पटक यो फर्म्याटमा खेल खेलाउन लागिएको हो । पहिलो पटक सन् १९९२ मा राउन्ड रोबिन फर्म्याट वर्लड कप क्रिकेट खेलाइएको थियो ।

यो पनि पढ्नुहोस यी हुन् वनडे वर्ल्डकप खेलाइने ११ मैदान, लर्ड्समा पाँचौ पटक फाइनल यो पनि पढ्नुहोस विश्वकप नजर : २७ वर्षपछि उपाधि जित्ने लक्ष्यमा पाकिस्तान यो पनि पढ्नुहोस विश्वकप नजर : दाबेदार न्युजिल्यान्डको नमिठो यथार्थ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment