+
+

हुन्डाई फेष्टिभ डिलाइट २०७५ का विजयीको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २६ गते १७:४५

२६ जेठ, काठमाडौं । हुन्डाई अटोमोबाइल्सको नेपालका आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले एक समारोहबीच हुण्डाई फेष्टिभ डिलाइट-२०७५ का बम्पर विजेताहरुलाइ पुरस्कृत गरेको छ ।

हुण्डाईको नक्साल शोरुममा भएको समारोहमा लक्ष्मी समूहका अध्यक्ष गणेशबहादुर श्रेष्ठले विजयीहरु बदि्रकुमार खड्का (कुपन नं. १६२२) लाई क्रेटाको साँचो तथा भावना केसी (कुपन नं.९०६) लाई आई-२० एक्टिभ को साँचो हस्तान्तरण गरे ।

उक्त समारोहमा लक्ष्मी समूहका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, विमला खनाल (अध्यक्ष-कञ्जुमर आई नेपाल)तथा नैन्सी बोगटी -हुण्डाई मिस फ्रेण्डशीप २०१९ विजेता) को पनि उपस्थिति थियो ।

लक्की ड्रको विजेताहरुको छनौट ५ मे, २०१९मा हिमालया टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो । बम्पर लक्की ड्र को विजेताहरुको छनौट कार्यक्रमका मुख्य अतिथि विमला खनाल (अध्यक्ष) कञ्जुमर आई नेपाल सहित श्रृंखला खतिवडा (मिस नेपाल २०१८)ले गरेका थिए ।

साथै १० ग्राम सुन जित्ने १०० जना भाग्यशाली विजेताहरुको छनौट विमला खनालले कञ्जुमर आई नेपालको अनामनगर स्थित कार्यलयमा गरे ।

हुण्डाई फेष्टिभ डिलाइट २०७५ अन्तर्गत हुण्डाइ खरिदकर्ताहरुले एक थान क्रेटा एक थान क्रेटा एक्टिभ, १०० जनाले १० ग्राम सुन सहित स्क्राच कार्डमार्फत रु.१ लाख सम्मको नगद छुट पनि प्राप्त गरे ।

विजेताहरुलाई बधाई लक्ष्मी समूहका अध्यक्ष गणेशबहादुर श्रेष्ठले हुण्डाईलाई नेपालकै सर्वोत्कृष्ट ब्राण्ड बनाउन सहयोग गर्ने आˆना सम्पूर्ण ग्राहकहरुप्रति आभार व्यक्त गरे ।

सबै हुन्डाईका गाडीहरुमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङका साथै निःशुल्क सवारी कर भुक्तानी सहित उपलब्ध छन् । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल भरी १५ शोेरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमावाइल उत्पादक मध्येमा पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?