
नायिका नम्रता श्रेष्ठ र नायक अनुप विक्रम शाहीको केमेष्ट्री कस्तो होला ? यसका लागि भदौको ६ गते रिलिज हुने चलचित्र ‘जाइरा’लाई नै कुर्नुपर्ने हुन्छ । तर, चलचित्रको सार्वजनिक एक रोमान्टिक गीतले भने यी दुइको केमेष्ट्री छल्काएको छ । बिहिबार काठमाण्डौमा आयोजित कार्यक्रममा पनि नम्रता र अनुपको केमेष्ट्री गज्जबको देखियो ।
अनुप र नम्रताले सार्वजनिक गीतलाई लाइभ प्रस्तुति समेत दिएका थिए । अनुप र नम्रता एक अर्काको अंगालोमा बाधिए । गीतको भिडियोमा जस्तै लाइभमा पनि नम्रता र अनुप एक अर्काको अंगालोमा रोमान्टिक देखिएका थिए ।
तर, गीत हेर्दै गर्दा भने अनुप लजाएका थिए । नम्रता र अनुप दुबैले गीतलाई दर्शकले मन पराउने विश्वास व्यक्त गरे । चलचित्रमा अनुप नम्रताको प्रेमीको भूमिकामा छन् । नम्रतालाई भने मार्सल आर्ट खेलाडीको भूमिकामा देख्न सकिन्छ ।
तस्वीरः शंकर गिरी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4