+
+

पहाड भासिँदा एक्साभेटर र चालक पुरिए

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १७ गते १२:२८
Photo Credit : फाइल तस्वीर

१७ साउन, गोरखा । सिरानचोक गाउँपालिका–१ केराबारीमा पहाड भासिएर एक्साभेटर र चालक पुरिएका छन् ।

सडक खन्ने क्रममा एक्कासी पहाड भासिएपछि एक्साभेटरसहित चालक सिन्धुपाल्चोकको मेलम्ची गाउँपालिका–१३ का अन्दाजी २० बर्षका रमेश तामाङ पुरिएको प्रहरीले जनाएको छ ।

‘पहरो धेरै नै भासिएको छ,’ जिल्ला प्रहरी प्रमुख एसपी ओम अधिकारीले भने, ‘सडक भन्दा करिव ४० मिटर तल एक्साभेटर र चालक पुरिएको भएर उद्धारमा कठिनाइ भइरहेको छ ।’

प्रहरी र स्थानीयको पहलमा उद्धार कार्य जारी रहेको उनले बताए । ‘चालकलाई डोजरले चेपेको छ, हात मात्र देखेका छौं’, एसपी अधिकारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?